नेपाली गीत संगीत क्षेत्रमा पछिल्लो समय मौलिक गीतहरुमा दर्शकको ध्यान तानिन थालेको छ । मौलिक गीतहरुलाई नै पनि अलिअली सम्पादन गरेर त्यसैलाई अलि फरक नयाँ शैली दिएका गीत हरु झनै चल्न थालेका छन । विभिन्न चाडपर्व देखि लिएर राजनितिक, समसामयिक कुराहरुमा गीतहरु बनिरहेका छन । यस्तै क्रममा महिलाहरुको महान चाड तीजको अबसरमा विभिन्न गीतहरु सार्वजनिक हुन थालेका छन । तीजको अवसर पारेर तीज आउनु भन्दा २, ३ महिना अगाडिबाट नै गीतहरु र्सार्वजनिक हुने गरेका छन । पहिले दुख बिसाउने माध्यमको रुपमा गाईने तीज गित समय अनुसार परिमार्जन हुँदै अहिले दोहोरी ब्याटल सम्म आईपुगेको छ ।

 

 

यस्तै तीज गीतलाई नयाँ ढाचामा “ब्याटल”को रुपमा प्रस्तुत गर्दै चर्चित गायिका मन्जु पौडेल र सन्तु थापाको उत्कृष्ट आवाजमा “तीज ब्याटल” सार्वजनिक भएको छ । जसलाई चर्चित गायक सन्जु पौडेल आफैले उत्कृष्ट संगीतमा जादूमय स्वर भरेका छन । यस गीतमा दिग्गज धौरालीको लय रहेको छ ।बिपि फिल्मस द्वारा पोस्ट प्रडक्सन गरीएको मनमोहक यस गीतको भिडीयोमा गायिका मन्जु पौडेल र गायक सन्तु थापा लगायत कलाकारहरुको दमदार नृत्य अनि अभिनय रहेको छ।

 

सन्तु थापा आफैले निर्देशिन गरेका यस कर्णप्रिय गीतको भिडियो सम्पादन प्रबिन भट्टले गरेका छन । कुटु कुटु बोलको गीत सन्तु थापाको युट्युब मार्फत सार्बजनिक गरेको छ । यसरी विभिन्न युट्युव च्यानलबाट सार्वजनिक हुने गीतहरुमा दर्शकहरुको निकै झुकाव बढेको देखिन्छ । त्यसैले त अहिले कलाकारहरुको आम्दानी पनि राम्रै बढ्न थालेको छ । यति मात्र नभएर अरु कला भएका ब्यक्तिहरुले पनि चलेको गीतहरुमा कभर भिडियो बनाएर राम्रै आम्दानी गरेको देख्न सकिन्छ । यसरी आम्दानी गर्ने मुख्य स्रोत भने युट्युव नै बनेको छ ।

हेर्नुहोस भिडियो !