काठमाडौं – बिस्वमा सक्रिय भैरहेको सामाजिक संजाल पछिल्लो समय निकै चर्चा र बहसको बिषय बनेको छ । सामजिक संजालबाट भित्रिएका नकारात्मक कार्यहरुको कारणले सामाजिक संजाल बिकृत पनि बन्दै गएको छ । तर सामाजिक संजालको सहि सदुपयोग गर्ने ब्यक्तीले भने राम्रै फाईदा लिगिरहेका छन । नेपालमा छाएको युट्युव च्यानल र वेबसाईट का साथै सामजिक संजाल प्रयोगकर्ताहरुले धेरैको उद्दार गरेको उदाहरणहरु प्रशस्त छन ।

नकारात्मक कामहरुलाई रोक्ने हो भने सामजिक संजाल छिमेकी जस्तै बनेको छ । दुख, पिडा पर्दा सहयोग लिने स्थान बनेको छ । यस्तै विभिन्न कला, क्षमता भएका ब्याक्तीहरुलाई झनै यसले ठूलो सहयोग पुगेको छ । कतिपयले आफ्नो जिन्दगी नै बदलेका उदाहरण हरु छन ।

 

 

भद्रगोलमा मुन्निको ईन्ट्री :
केही दिन यता चर्चित नेपाली हाँस्य टेलि श्रृंखला भद्रगोलका पछिल्लो एपिसोडमा नयाँ कलाकारको इन्ट्री भएको छ । एनटिभीबाट प्रशारण हुने भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो । भद्रगोलमा उनलाई देखेपछी उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् । युट्युवमा अपलोड गरिएको भद्रगोलको पछिल्लो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । प्राय चर्चित हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी मुन्नी पहिलो एपिसोडबाट नै चर्चाको विषय बनिन् । धेरैलाई उनी बारे जान्ने ईच्छा पनि बढेको छ ।

 

को हुन् त भद्रगोलबाट चर्चामा आएकी मुन्नी ?
मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनले स्वदेश तथा बिदेशमा अभिनय सिकेकी छिन र अभिनय गरेकी छिन । अहिले चर्चामा रहेकी मुन्निको वास्तविक नाम भने प्रियाना आचार्य हो । उनि सानैदेखि अभिनयमा रुचि राख्थिन । यहीँ रुचिले उनलाई हलिउड सम्म लग्यो । उनले आफ्न्नो अभिनय यात्रालाई सम्झिदै । नेपाली, हिन्दी, अङ्ग्रेजीमा अभिनय गरेर देखाईन ।

 

उनले हलिउडमा पनि साना साना रोलमा समेत अभिनय गरेकी उनले त्यहाकै राष्ट्रिय दैनिकमा आफ्नो तस्बिर आएको स्मरण गरिन । अभिनयको गुरु उनी आफ्नै बुबालाई मान्छिन । उनका बुबा पनि थियटर कलाकार हुन । मुन्निले ३ वटा नेपाली चलचित्र र केहि म्युजिक भिडियो खेलेकी मुन्नीलाई कमैले याद गरेका थिए । अहिले भद्रगोलको ईन्ट्रीले उनलाइ नया उचाई दियो । जसले गर्दा उनको समर्थक ह्वात्तै बढे ।

हेरौ, उनै मुन्नी संगको भिडियो कुराकानी ।