जुन गोठमा एउटा दम्लोमा भैंसी, अर्को दाम्लोमा मान्छे । ढुङाले छाएको घर अगाडि एउटा सामान्य टिनले छाएको छाप्रो छ । त्यही छाप्रो त्यस परिवारको भैसी, बाख्रा बान्ने गोठ हो । जुन गोठको ६ वटा दाम्लो छ, जसमध्ये एउटा दाम्लोमा भैसी, चार दाम्लोमा बाख्रा र छौठौ दाम्लोमा उनिहरुकै छोरा बाधिएको छ ।

 

यो दृश्य हो गुल्मीको ईस्मा गाउपालिका वडा न. ६ अमरपुरका खिम बहादुर कुमाल धनी कुमालको दैनिक देखिने घर गोठ हो । जुन गोठमा १ भैसी, ४ बाख्रा र १ उनकै छोरा गोकुल भन्ने २० बर्षिय थमन कुमाल बाधिएका छन । फरक यत्ती छ पशुहरुको गलामा दम्लो बानिएको छ भने उनको खुट्टामा । आमा धनी कुमाल भक्कनिदै सुनाउनुहुन्छ “मेरै अगाडि मेरो छोरो मरिदिए पनि हुन्थ्यो ।”

 

 

छोराको यस्तो अवस्था देखेर दया लाग्छ तर गाउमा छोराले बिराम गर्छकी भनेर आफ्नै गोठमा बाधेर राखेका हौ, आमाले रुदै भन्नुभयो । छोरालाई यसरी बाधेर राखेको १० बर्ष हुन लागेछ । मजदुरी गरेर जिबिका चलाउने उनको परिवारले छोरालाई भारतमा पनि उपचार गराए । अलि ठिक भए जस्तो लागेपछी नेपाल फर्किए । नेपाल आएका उनिहरुले छोरालाई आम्दा र लुम्बिनी अस्पतालमा देखाए तर उपचार हुन सकेन । यी दुई अस्पताल बाहेक नेपालमा अरु अस्पतालमा नलगेको बताउछन ।

 

पहिले दलानमा बाधेर राख्ने उनलाई दिउँसो हेरेर बस्ने मान्छे नहुने र दलानमा चकचक गर्ने भएकोले गोठमा नै लगेर राखे । उनले आफू भएको समयमा खोलेर हेर्ने र नभएको समयमा बाधेर हिड्ने बताईन । बाधेर नजिकै घाँस र पानी राखेर उनी काममा जान्छिन । उनका श्रीमान् पनि काममा जान्छन । छोराले बस्तुलाई घाँस दिने र हात चटाउने गर्दै बस्ने रहेछन, उनले बस्तुलाई चटायर ठेला परेको छोराको हात देखाईन ।अझै पनि सहयोग पाए उपचार गराउने उनको मनसाय छ ।

हेर्नुहोस यसै सेरोफेरोमा तयार पारिएको यो भिडियो !