काठमाडौँ – भिडियो प्लेटफर्म युट्युव च्यानल हाईलाट्स नेपाल मार्फत गायिका कविता श्रेष्ठको स्वरमा ‘नियतिको खेल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा यामु शर्माको शब्द रहेको छ। भोजराज प्रसाईको संगीत रहेको गीतमा कुमार श्रेष्ठको संगीत संयोजन रहेको छ।नेपालमा म्युजिक भिडियोहरु दिनानुदिन सार्बजनिक भैरहेका हुन्छन । र्‍याप, दोहोरी, आधुनिक सबै गीतहरु सार्बजनिक गर्ने स्थान भने युट्युव नै हुन । पछिल्लो समय नेपाली गीतहरुले नयाँ नया रेकर्डहरु राख्दै गएका छन । कतिपय गीतहरु सोचे भन्दा धेरै व्यापार गर्न सफल भएका छन ।

 

 

यसै क्रममा गायिका कबिता श्रेष्ठको स्वरमा रहेको यस मार्मिक गीतमा नायिका शिल्पा पोखरेल, सुमित र योगिशाको अभिनय रहेको छ । यस गीतमा शिल्पाको मायामा फाटो आएको देख्न सकिन्छ । राम्रो र सहज तरिकाले चलिरहेको जिन्दगीमा आफुले माया गरेको ब्यक्ती आफुबाट टाढा हुदा मनमा कतिसम्म चोट लाग्छ, कति पीडा सहनुपर्छ भन्ने बिषयलाई यस भिडियोमा देखाउन खोजिएको छ ।

 

गीतको भिडियो नवराज उप्रेतीले छायांकन गरेका हुन्। आयुष क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अभिनास डिसिले सम्पादन गरेका हुन्। सुमधुर स्वर, कथाबस्तु, भिडियो क्वालिटी सबै उत्कृष्ट भएको कारण यस गीतले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । गीतले दर्शाकको मन कति जित्न सक्छ भन्ने कुरा समयले जनाउछ । म्युजिक भिडियोले राम्रो सफलता पाओस । निर्माण पक्ष म्युजिक भिडियो संग जोडिएका सम्पुर्णलाई शुभकामना ।

हेर्नुहोस भिडियो !