काठमान्डौ, यो वर्षकै पहिलो चन्द्रग्रहण आज देखिदै छ । आज मध्यराती देखिने चन्द्रग्रहण दुर्लभ मानिएको छ । प्रत्येक वर्ष रातो र ठूलो चन्द्रग्रहण नलाग्ने हुनाले यो चन्द्रग्रहणलाई दुर्लभ मानिएको हो । विश्वको सबै कुनाबाट ‘सुपर ब्लड वुल्फ मुन’ रातो र ठूलो चन्द्रग्रहण देख्न सकिने वैज्ञानिहरुको भनाई रहेको छ । ग्रहणलाई नेपाली समयअनुसार १२ बजेर ३६ मिनेटमा देख्न सकिनेछ ।

रात परिसकेको मुलुकमा भने चन्द्रग्रहण देखा परिसकेको छ । विशेषगरी उत्तर तथा दक्षिण अमेरिका, यूरोप र अफ्रिकाबाट यस चन्द्रग्रहण प्रस्ट देख्न सकिनेछ । आज चन्द्रमा ठूलो र रातो देखिनेछ ।