पछिल्लो समय सुमधुर स्वर की धनी पोखराकि समिक्षा अधिकारी सामाजिक संजाल अनि युटुवहरुमा चर्चा छिन् ।सानै उमेर देखी कलाकार बन्ने महान उद्देश्य बोकेकी अधिकारीले विस्तारै आफ्नो प्रतिभालाइ प्रस्तुत गर्न थालेकी हुन् । माछापुछ्रे गाउँपालिका लाहाचोक ४ काँस्की पोखरामा जन्मीएकी उनको जादुमय स्वरले सबैलाई मोहनी लगायो र रातारात भाईरल हुन पुगिन,पछिल्लो समय एस्ता लुकेर रहेका प्रतिभाहरु दिनप्रती दिन बाहिर आईरहेका छन,सामाजिक संजालले यस्ता प्रतिभालाई बाहिर ल्याउनुमा निकै मदत पनी पुगेको छ।

 

 

भाइरल हुनु अगावै गायिका समिक्षा अधिकारीले ‘नाई नभन्नु ल ५’ चलचित्रमा समावेश ‘कहाँ आउँछ र घुमेर’ बोलको गीत गाइसकेकी थिइन् । तर, उनलाई दर्शकले अहिले मात्र बढी नोटिस गरेका छन् । उनै भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा समावेश ‘बनमा काँफल’ बोलको गीत पनि गाएकि थिईन ।

 

पोखारामा जन्मएकी सुमधुर स्वर की धनी समिक्षा अधिकारीले आफ्नो प्रतिभालाई विस्तारै दर्शकमाझ लिने प्रयासमा रहेको बताएईन । समिक्षाले आफूले ‘कहाँ आउँछ र घुमेर’ बोलको गीत गाएपछि मिडियाले खासै नखोजेको र अहिले खोजिएको बताइन् । उनले, आफू भाइरल भन्दा पनि स्थायी गायिका बन्न चाहेको खुलाइन् ।

 

भिडियोमा अभिनय गर्दा आफूलाई लाज लागेको उनले सुनाइन् ।  अहिले उनै गायिका समिक्षा अधिकारी तीज गीतमा ब्यस्त छिन । यसपालीको तीज घरमा नै बनाउने बताएकि उनले अभिनय पनि गर्ने गरेकी छिन । यसपटक भने उनि संगै उनको दिदी पनि म्युजिक भिडियोमा देखिने भएकी छिन । एक तीज गीतको सुटिङको क्रममा दिदिबहिनीलाई नै सङै देखिएको छ ।

हेरौ संगै सुटिङ गरिरहेका दिदिबहिनी संगको भिडियो कुराकानी :