भाईरल शब्द अहिले निकै चर्चित बनेको छ । साधारणतय समाजिक संजालमा जुन बिषय धेरै फैलन सफल हुन्छ, बढि खोजी हुन्छ, त्यसैलाई भाईरल भनिन्छ । पछिल्लो समय एउटा गीत त्यस्तै भाईरल बन्यो । एउटा पसलमा साथीभाई सङ खाजा खादै गर्दा गाईएको जस्तो देखिने गीत निकै व्यापक बन्यो । एकजना ब्यक्तिले टेबलमा हातले म्युजिकको लय दिदै उनले गीत गाईरहेका हुन्छन । उनको त्यो गीत साच्चै साधारण थिएन । बर्तमान समयलाई ठ्याक्कै सुहाउने त्यो गीत सबैको मन मुटुमा बस्न सफल भयो । गीत, गीतजस्तो मात्र थिएन एउटा सान्दर्भिक भावना बोकेको थियो । “कालै भएनि हुन्छ गोरै भएनी हुन्छ, यो देशमा फेरि एउटा बुद्ध पठाईदेउ” ।

 

अहिले उनको भिडियो भाइरल बनेपछी धेरैले खोजी गरे । उनै खोजिएका ब्यक्ती हुन, सर्लाही घर भएका अर्जुन दाहाल । अहिले उहा गीत रेकर्ड गराउने प्रक्रियामा छन । यो गीतलाई युवा मन नेपालका किशोर श्रेष्ठले रेकर्ड गराउदै छन । अहिले गीत रेकर्डकै क्रममा मोरङ आएका छन ।
कसरी भाईराल बन्यो गीत :
अर्जुन एक साधरण ब्यक्ती हुन । उनले गाउघरमा साधरण गीत गाउथे । एक दिन एउटा गीत गाएका थिए । एक जना ब्यक्तिले गाउदै गरेको खिचेर दाई तपाईको यो गीत युट्युबमा राख्दिन्छु भनेछन । उनले पनि हुन्छ भने । पछि त्यही गीत निकै भाईरल बन्यो । उनको भनाई अनुसार युट्युव, फेसबुक उनलाई थाहा छैन अर्थात चलाउन आउदैन । यो गीत हिट भएपछी उनलाई खोज्ने धेरै भए । फोन पनि धेरै आए । यो गीत उनले आफैले बनाएका हुन । उनले देशमा बढिरहेको बिक्रुती, बिसङती बाबुआमाको छोराछोरी माथिको आशा भन्दा बिपरित छोराछोरी बिग्रेको, कुलतमा फसेको देखेर यो गीत रचेको बताउछन ।

हेर्नुहोस भिडियो ।