काठमाडौं– नेपालमा सामाजिक संजाल जति बिकृत बनेको देखिन्छ त्यो भन्दा बढी साथ, सहयोग, उद्दारमा लागेको देख्न सकिन्छ । सबै सामाजिक सन्जाल प्रयोगकर्ताहरुले सहयोग गर्न नसकेपनि त्यस्ता ब्यक्तिहरुको समस्या दयालु ब्याक्ती जो सहयोग गर्न तयार छन, त्यहा सम्म पुर्‍याउन सहयोग पुगेको छ । माया बाढिएको छ, भावना बाढिएको छ । मनहरु एकतृत भएका छन र सहयोगी हातहरु निस्किरहेका छन । यस्तै एउटा घटना कतारको जेलमा परेका २२ बर्षे नेपाली केटो बिनोद रानाभाटको बिषय यतिबेला सामाजिक सँजाल फेसबुक र युटुबमा चर्चित छ । गरिब, दुखीका भगवान शिशिर भण्डारीले यो बिषयलाई आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा प्रसारण गरेपछि यो बिषय फेसबुकमा पनि भाईरल बन्यो ।

 

 

के भएको थियो घटना :
भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ । यो गरिब परिवार माथि आकाश खसेको छ । ३ बर्ष अगाडि आमा तपाईलाई सुख दिन्छु, बुवा अब हामी सधैं गरिबीमा बाच्नु पर्दैन, हाम्रा पनि खुशीका दिन आउंछ भनेर कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् । आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका बिनोदलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख ६० हजार कतारी रियाल व्लड मनी मागेको छ । उनलाई कतारमा भारतीय नागरिकको ज्यान लिगेको आरोप लागेको छ ।

जुट्दैछ ब्लडमनि बुझाउन सहयोग :
भारतियको ज्यान लिएको आरोपमा ३० महिना भन्दा बढि देखि जेलमा रहेका चितवनमा बिनोदको लागि सहयोग जुटाउन यतिबेला शिशिर भण्डारी लगायत अन्य जुटिरहेका छन् । यसैबिच बिनोद रानाभाटको घरमा यस्तो भएको छ । ८२ लाख सहयोग उठाउनु पर्नेमा हाल यो अभियान उत्साहजनक रुपमा अघि बढ्दै ४० लाख भन्दा बढि बैंक खातामा जम्मा भैसकेको छ ।

युवाहरुको यस्तो काम :
केहि युवाहरुले सहयोग उठाउन यस्तोसम्म गरेका छन् । यस बिषयमा शिशिर भण्डारीले फेसबुकमा लेखेका छन्- यि भाई बहिनीहरुको कति महान मन । कति राम्रो सोच । बिनोद रानाभाटको दुखद भिडियो हेर्ने बित्तिकै मलाई चितवनबाट पवन न्यौपाने भाईको फोन आयो । ‘शिशिर दाई, त्यो भिडियो हेरेर साह्रै दुख लाग्यो, म पनि हास्य कलाकार बन्न सँघर्ष गरिरहेको मान्छे आफुले जानेको कला देखाएर साथी भाई मिलेर बिनोदका लागि सहयोग जम्मा गर्छु है..कति उठ्छ पछि हजुरलाई भन्छु नि” फोनमा उनले यसै भने ।

मैले शुभकामना दिदै अघि बढ्न भने । सडक-सडकमा, चोक -चोकमा केमेडी नृत्य, प्यारोडी गीत गाउँदै, मर्मस्पर्शी नृत्य देखाउँदै कतिको माया र घृणा पाउँदै आज यि भाई बहिनीहरुले लाख भन्दा माथिको सहयोग बिनोदको परिवारलाई बुझाएका छन् । अनि आफ्नै उमेरका बिनोद रानाभाट चाँडै नेपाल फर्केको हेर्ने इच्छा व्यक्त गरेका छन् ।

हेर्नुहोस भिडियो ।