शिल्पा, छवि बहस भएको करिव एक साता भयो । माहोल अझै सुध्रन सकेको छैन । दुबै जना मिडियामा आ-आफ्नै अडानमा छन । मिडियामा देखिएको अन्तरबार्ता अनुसार शिल्पा डिभोर्स दिन चाहन्छिन भने छवि संगै बस्न चाहन्छन । यस समयमा उनिहरु बिचको झगडाको बिषयमा केही ब्यक्तिहरुले आ-आफ्नो धारणा ब्यक्त गरेका छन । अहिलेको यो बाताबरण देख्दा साधरण तरिकाले समस्या सुल्झने देखिदैन । छबिले शिल्पालाई एउटै टेबलमा बसेर सल्लाह गर्न आव्हान गरेका छन । न्युज फिल्मिमा दिएको एक अन्तरबार्तामा शिल्पा रुदै अन्तरबार्ता दिएकी थिईन । त्यस लगत्तै मध्यरातमा छबिले शिल्पालाई सम्बोधन गरेर आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए ।

 

 

त्यसैले अहिलेको जल्दो बल्दो बिषय छबी ओझा र शिल्पा पोखरेलको घर झगडाले माहोल तातेको छ। शिल्पाले आफुलाई घरेलु हिंशा भएको भन्दै प्रहरीमा उजुरी दिए पछी घटनाले अहिले उग्र रुप लिएको हो । शिल्पा र छबी बिचको घटना अहिले नेपालका मिडियामा बिशेष रुपमा आई रहेका छन। शिल्पा र छबी दुवै जना मिडियामा आएर एक अर्कालाई आरोप लगाईरहेका छन।

 

यसै बिषयमा फिल्मी कुरा युट्युव च्यानलमा श्यामहरी शिबभक्तिले लिगेको अन्तरबार्तामा चर्चित नायक किशोर खतिवडाले आफ्नो धाराणा ब्यक्त गरेका छन। छबी ओझा संग ८ वटा फिल्म गरि सकेका र ३ वटा फिल्ममा शिल्पा र किशोर संगै काम गरेका किशोरले घटनालाई धेरैनै उचालेको बताएका छन। श्रीमतीले यदि साँचो माया गरेको हो भने उनले के गर्नुपर्थ्यो सक्थिन , छवि ओझाले के गर्नुपर्थ्यो । को बाट के गल्ती भयो यसबारेमा खुलासा गरेका छन ।

हेर्नुहोस भिडियो ।