टेलिभिजनकर्मी प्रस्तोता एवं जनप्रिय संचारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् ।

केही दिनअघि नै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका उनले सोमबार पौडेलसँग विवाह गरेका हुन् । निकिता पनि यस अघिका पतिसँगको सम्बन्धविच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनासम्म अफेयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रविले सम्बन्धविच्छेद गरेको चर्चा सामाजिक संजालहरुमा भाइरल नै बनेकाे थियो ।

जिल्ला अदालत काठमाडौमा माघ ७ गते सोमबार विवाह दर्ता गराएपछि रविले सामाजिक सञ्जालमा भनेका छन् :-

‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा विवाह दर्ता गरेका छं । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।’

उनले परम्परागत रुपमा आफूहरुले आउँदो वैशाखमा विहे गर्ने पनि बताएका छन् । यो निर्णयबाट आफूहरू दुवैजना खुशी रहेको बताएका छन् ।

रविको फेसबुक स्टाटस :

“व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक-अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका छौ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुनेगरी अनवरत समाचार र खोजविन चल्यो त्यसले हामीलाई एकअर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इष्टमित्रहरुबाट एउटैमात्र कुरा चाहन्छौ, आशिर्वाद । परम्परागत रुपमा हामी आउदो वैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझावमा हामी अटेनौ भने हामीलाई माफ गर्नुहोला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौ । र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभ कामना मात्र चाहन्छौ ।”