नेपाललाई एउटा ठूलो रोग लागेको छ त्यो रोग हो, केही गरौ, केही गरेर देखाउ भन्ने आटिलो, जोशिलो उमेरमा बिदेश पकायन हुनु । यसको प्रभाव हेर्न भने गाउँ छिर्नुपर्छ । जरै देखि हेर्ने हो भने अरु पनि साना साना कारणहरु होलान तर मुख्य रुपमा हेर्ने हो भने शिक्षा, स्वास्थ्य र रोजगारी नै हुन युवालाई गाउदेखी शहर र शहर देखि बिदेश सम्म जान बाध्य बनाउने । युवा पुस्तामा योग्यता–क्षमता भएका ब्यक्तिहरु पनि सोछे अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको छ ।

 

नेपालको भन्दा राम्रो सुबिधा, मिहेनत गरेपनी कमाई हुने बाताबरण भएकैले युवाहरु बिदेशिन पुगेका हुन । बिदेशिएका धेरैले नेपालमा नै रमाउन चाहने, बिदेश सम्झन नचाहने छन तर नेपालको महन्ङी र कामको अभावले बिदेश जान बाध्य बनाईरहेको छ । यद्यपि नेपालको अर्थतन्त्रको ठूलो हिस्सा यहि बिदेशिएका युवाको पसिना रेमिट्यान्सले ओगटेको छ । करिव अहिले नेपालबाट करिव ६० लाख युवा बिदेशिएका छन

 

 

सानो कामको ठुलो आम्दानी :
नेपालमा जति बिदेशिएका युवा छन लगभग त्यही संख्यामा स्वदेशमा नै बेरोजगार बस्ने युवाहरु पनि छन । नेपालमा सबै युवालाई रोजगारी दिने बाताबरण त छैन तर काम नै नभएको भने होईन । देख्दा सानो देखिने तर आम्दानी धेरै भएका काम हुन कवाडीको व्यापार गर्ने, कपाल काट्ने, चटपट र पानीपुरी बेच्ने । यो काममा पछिल्लो समय भने धेरैको आकर्षण बढेको देखिन्छ । यस्तो काम गर्नेहरुले आम्दानी पनि राम्रै भएको बताउछन ।

 

रितु बस्नेतको चटपटे पसल :
हामिले यो भिडियो प्रेरणाको लागि लिगेका हौ । यस भिडियोमा भर्खरै १८ वर्ष पुगेकी रितु बस्नेतले शुरुआत गरेको चटपट, पानीपुरी व्यापार देखाउन खोजिएको हो । गोर्खा घर भई काठमाडौँ, बनस्थली बस्दै आएकी रितुले काठमाडौमा जागिर नगरेकी होईनन । उनका अनुसार पहिले एउटा रेस्टुरेन्टमा काम गरिन । सुरुमा भाडा माझ्ने, त्यसपछि वेटर र केहि महिना काउन्टरमा काम गरेको कुरा खुलेर बताईन । पछि यो काम छाडेर वेबसाईटमा काम पनि गरिन ।

 

तर स्वस्थ्य अबस्थाका कारण त्यो पनि छाडिन । उनी अहिले बनस्थलिमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । भर्खरै २ साता मात्र भएको उनले व्यापारमा करिव ५० हजार लगानी गरेको बताउछिन । उनको थोरै समयको अनुभवमा दिनमा २ हजार देखि २५ सय सम्म व्यापार हुने बताउछिन । उनले भनिन “कर्मचारी प्रती हेर्ने दृष्टिकोण र शोषणका कारण जागिर खान मन लागेन त्यसैले आफैले व्यापार गर्ने सोच बनाएकी हु ।” उनि अहिले स्नातक तहमा अध्ययनरत छिन ।

 

माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ । देशमा काम छैन, भविष्य छैन भन्दै विदेश मोह राख्नेहरुको बीचमा एउटा उदाहरण बनेकी छिन् रितु । काम कुनै सानो, ठूलो हुदैन । सानै होस काम गरौ, थोरै होस, कमाई गरौ । कामलाई माया गरौ ।

हेर्नुहोस भिडियो !