शिल्पा र छबिको बिषयमा बहस चलेको करिब एक साता भयो । यसले सामाजिक संजाल पुरै तताएको छ । जताततै उनिहरुको बिषयमात्र देख्न सकिन्छ । धेरैले यस बिषयमा धेरै कुरा गरे, मान्छे अनुसारका बिचारहरु पनि सुनियो । कतिले शिल्पालाई दोषी देखाए भने कतिले छबिलाई दोषी देखाईरहेका छन । अहिले यसै बिषयमा वकिलले नै आफ्नो धारणा राखेका छन । सुत्र टिभिमा लिगिएको एक अन्तरबार्तामा उनले यस बिषयमा बोलेका हुन । उनले विभिन्न कुराहरुमा आफ्नो बिचार राखेका छन । यश भन्दा अगाडि धेरै चर्चित कलाकरहरुले पनि विभिन्न माध्यमबाट आफ्नो बिचार राखेका थिए ।

 

 

यो बिषय किन रोचक बन्यो ?
छवि ओझा नेपाली फिल्म क्षेत्रकै प्रतिष्ठित निर्देशक हुन । उनको फिल्महरु धेरै राम्रो ब्यापार गर्न र दर्शकको मन जित्न सफल भएको छ । उनी यस बिषयले मात्र चर्चामा रहदैनन यश संगै बैबाहिक सम्बन्धले पनि समय समयमा चर्चामा आईरहन्छन ।उनले अहिले सम्म ४ वटा बिबाह गरे पहिलो श्रीमतीको निधन भैसक्यो, दोश्रो र तेस्रो श्रीमतीले डिभोर्स दिए । जसमध्ये तेस्रो श्रीमती थिईन रेखा थापा उनी पनि छवि ओझाले नै फिल्मी क्षेत्रमा भित्र्याएको नायिका हुन । पछि उनिहरुको बिबाह भयो ।

 

रेखा एक समयको निकै चर्चित, युवाहरुको मनमा बस्न सफल नायिका हुन । त्यसैले पनि यो बिषय चर्चामा रह्यो ।रेखा थापा संगको डिभोर्स संगै छबिले शिल्पा पोखरेल संग बिबाह गरे । शिल्पा पनि छबिले भित्र्याएका नायिका हुन । शिल्पा पनि चर्चित नायिका हुन । करिब तीन बर्श बैबाहिक सम्बन्धमा बसेका उनिहरु छ महिना अगाडि मात्र बिबाह दर्ता गराएका थिए । त्यसैले पनि अहिले उनिहरुको घरायसी झगडा सबैको बहसको बिषय बनेको छ । त्यसमाथी चर्चित कलाकारले नै चर्चित कलाकारलाई दिएको घरेलु हिंसाको बिषय पनि संगै जोडिए ।

आउनुहोस हेरौ रेखा र छबिको बिष्यमा वकिल संग भएको कुराकानी :