पोखरा- एक पुरुषले औषधी उपचार गर्न जाने भन्दै श्रीमतीलाई जंगलमा लगेर हत्या गरे । हत्याको आरोपमा मकवानपुर घर भई पोखरा-१० रामबजारमा बस्दै आएका ३५ बर्षिय रमेश नेपाली पक्राउ परेका छन । उनी मृतककै श्रीमन हुन । उनले २८ बर्षिय श्रीमती लक्ष्मी नेपालीको हत्या गरेका थिए । यस संगै प्रहरीले हत्याको अनुसन्धान शिलशिलामा अर्को कुरा पनि पत्ता लगायो । उनले ४ महिना अघिमात्र श्रीमतीको १ करोडको बिमा गराएका थिए । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्या गर्नका लागि १ बर्ष अघि देखि योजना बनाएको खुल्न आएको छ । उनले हत्या गराउन १० लाख खर्छ गरेर भारतबाट कन्ट्र्याक किलर झिकाएका थिए ।

 

 

हत्यारा श्रीमान् साली नाता पर्ने गोर्खाकी १९ बर्षिय अनु परिवारको प्रेममा थिए । बिमा सङै उनिहरुको प्रेम पनि हत्याको कारण बन्न पुगेको छ । प्रहरीले हत्यामा सम्लग्न ४ जनालाई पक्राउ गरेको छ । हत्या गर्ने ३ जना भारतीय किलर भने अझै फरार छन । उनिहरुको खोजी कार्य भईरहेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान् र उनकी प्रेमिका अनु परिवार, पोखरा पृथ्वी चोकका बस्ने सर्लाहीका २६ बर्षिय चित्त रन्जन कुमार शाह, भोजपुरका ३२ बर्षिय सन्जय शर्मा रहेका छन ।

 

असार १ गते श्रीमतीलाई जडिबुटी खोज्ने भन्दै जङ्गलमा लगे । उनले हत्या योजना पहिलै बनाएर १ लाख एडभान्स दिसकेका थिए । हत्यारा जङ्गलमा नै लुकेर बसिरहेका थिए । उनीहरुले सलले मुख बाधेर, घाँटी रेटि हत्या गरे । सबै काम भएपछी हत्यारालाई ५ लाख दिएर फर्किए । उनले बाकी ४ लाख पछि दिने बताएका थिए । त्यसपछी उनले पोखरा-१५ मा रहेको प्रहरी कार्यालयमा श्रीमती १ लाख ५० हजार लिगेर हराएको र घरमा छोराछोरी बिचल्ली भएको जाहेरी दिए । हत्या भएको २५ दिनपछि शब फेला परेको थियो ।

हेर्नुहोस भिडियो ।