कलमको आकारको बन्दुक ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् । हेर्दा कलम जस्तो देखिने, सात राउन्ड गोली लाग्ने ‘पेन गन’ लागुऔषध कारोबारीबाट बरामद गरिएको हो । पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोट स्थायी घर भई हाल पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट रहेका छन । उनी पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए ।उनलाई असार २९ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए । लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा रानाभाटलाई अनुसन्धान पश्चात्त पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

‘लागूऔषध सेवन, ओसारपसार गर्ने सुराकी पायौं । त्यही आधारमा उनको घरमा छापा मार्दा कलम जस्तै देखिने पेन गन र गोलीसमेत फेला पार्‍यौं,’ एसपी कार्कीले भने, ‘पेन गनसहित त्यसमा लाग्ने ७ वटा गोली पनि फेला परेको छ ।’ केही समययता उनी पोखरा ७ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा ‘पेन गन’ सहित लागुऔषध पनि भेटिएको हो । प्रहरीले ‘पेन गन’ सहित लागुऔषध पनि बरामद गरेको जनाएको छ । प्रहरीले रानाभाटको डेराबाट ६० वटा फेनेरागन, ब्रुफिन ६० वटा, डाइजेपाम ६० वटा, नाइट्रोसन १५ चक्की बरामद गरेको छ । रानाभाट कक्षा १२ का विद्यार्थी समेत हुन् ।

उनको साथबाट एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको एसपी कार्कीले बताए । ‘कास्कीमा सम्भवतः पहिलोपटक पेन गन फेला परेको हो,’ उनले भने, ‘देख्दा ठ्याक्कै पेन, तर यसबाट हानेको गोलीले मान्छेको ज्यान जान सक्छ ।’ बरामद भएका प्रमाणका आधारमा रानाभाटसँग जोडिएका अपराधिक व्यक्तिहरुको पत्तो लाग्न सहज हुने उनले बताए । घटना उपर अनुसन्धान भइरहेको र छिट्टै नै सम्बन्ध व्यक्तिहरुको पहिचान गरिने एसपी कार्कीले जानकारी दिए । देशसन्चार र समाचारपाटीको सहयोगमा ।

भिडियो !