मृत्यु कुर्छु मृगौला फेल हुदा, बालबच्चा नी आतिन्छन म रुदा, जिवनभरी रुनु छरे मेरो राशिफलमा, अब धेरै बाच्दिन होला म दुखी जीवन सम्झी रुदा डुबे आँसु भलमा, अब धेरै बाच्दिन होला म दुखी जीवन सम्झी रुदा डुबे आँसु भलमा । यो गीत संगै सुरु भयो ईन्द्रेणी कार्यक्रमको नयाँ भाग अनि गीतसङै झरे आशुका थोपाहरु, पोखिए जिन्दगीका दुख, पिडाहरु, अलिकती भएपनी हलुँगो भयो मन ।
मान्छे एक सजिब, चेतनशील प्राणी हो तर भाग्यको खेल भनौ या जिन्दगिको खेलले अजिव, संबेदनसिल बनाईदिने रहेछ । आज यस्तै पिरब्यथाका पोकाहरु फुकाउन पाचथरका ३५ बर्षका राम कुमार रैका मगर र उनका श्रीमती उपस्थित भएका छन ।

 

 

रमाईलो संगै दिनदुखिको सहारा बनेको ईन्द्रेणीले धेरैको उद्दार गरेको छ । ईन्द्रेणीले कार्यक्रम मार्फत यस्तै दुखपिडाको उठान गर्छ र स्वदेश तथा बिदेशमा रहेका सहयोगी नेपाली मनहरुले कार्यक्रम मार्फत नै सबन्धित ब्यक्तिसम्म पुग्ने गरि सहयोग रकम पठाउने गरेका छन । यस्तै आज उपस्थित भएका राम कुमार नेपाल छदा हटटा कट्टा, स्वस्थ्य थिए । जब उनी धेरै नेपालीले जस्तै आफ्नो जिबिका चलाउन बिदेश पुगे । त्यसपछी उनी सङ पैसाले दिने खुशि भन्दा धेरै जिन्दगीलाई हैरान बनाउने रोग लिएर आए ।

 

अहिले उनको किड्नी फेल भएका छन ।बिदेश पुगेका उनले सुपरमार्केटमा सेल्स म्यानको काम गरे । ८ बर्श काम गरेका उनले फर्कने बेलामा रोग लिगेर फर्कनु पर्‍यो । नेपालबाट जादा ठिकै भएको ब्वडप्रेसर बिदेशी भुमिमा पुगेपछी बढि भयो, त्यही उच्च रक्तचापका कारण मृगौलालाई हानी पुर्‍यायो । अहिले उनको लागि पनि सहयोगी मनहरुले रकम संकलन गरि पठाएका छन जुन आजको ईन्द्रेणी कार्यक्रममा हस्तान्तरण भयो ।

यो त एक प्रतिनिधि घटना मात्र हो यस्ता घटना परदेशिएका धेरै नेपालीलाई परेको छ । बिदेशीनु रहर थिएन कसैलाई, आफन्तबाट टाढा हुनु थिएन कसैलाई अनि रोग बोकेर आउनु थिएन कसैलाई ।

हेर्नुहोस भिडियो !