हाम्रो टिम टेलिभिजन कार्यक्रमबाट रजतपटमा प्रवेश गरेकी चर्चित नायिका ऋचा शर्माको आज जन्म दिन हो । १७ जुलाई १९८७ मा उनको जन्म काठमाडौंमा भएको हो । उनले आफ्नो जन्म दिन साथि भाइ आफन्तका साथ मनाएकी छिन् । उनको पहिलो चलचित्र फस्ट लभ रहेको छ । उनले हाल सम्म १३फिल्ममा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । ऋचा अभिनेत्री हुँदै निर्मातासमेत भइसकेकी छन् ।

 

 

ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्। उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरि लोकप्रिय बनेकी थिइन्। उनले नेपाली चलचित्र फस्ट लभ (२०१०) बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनले त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्।

 

सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो। उनी सन् २०१२ मा युवा-केन्द्रित चलचित्र भिसा गर्लमा काम गरेकि थिइन्। उनले पनि सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र टलकजङ भर्सेर टुल्केमा पनि काम गरेकी थिइन्।

 

उनै नायिकाको जन्मदिनको उपलक्ष्यमा नेपालका उत्कृष्ट अभिनेत्रीहरुको जमघट देखियो । बर्थ डे बीस, केक काट्ने देखि रमाईला रमाईला कुराकानी भए । सोही समयमा अहिलोको चर्चित बिषयमा पनि कुरा निस्कियो । त्यो थियो शिल्पा र छबिको बारेमा । रमाईलो छ मा कुरा गर्दै यश बिषयमा बोलेका थिए ।

हेर्नुहोस भिडियो यस बिषयमा कुन नायिकाले के भने ।