काठमाडौँ – चर्चित नायिका प्रियंका कार्की र नायिका शृष्टि श्रेष्ठ अभिनित केवल अर्को प्रेम कथा’ सिरिजको गीत ‘पहार’ को टिजर सार्वजनिक भएको छ । यस गीतमा गायक साजन राज वैद्यको स्वर रहेको छ भने शब्द सङ्गीत पनि गायक साजन कै रहेको छ । यो गीत साउन ४ गते रिलिज गर्ने बताइएको छ ।

लेस्वियन कथामा निर्माण गर्न लागिएको यस सिरिजमा अभिनेता आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन्। त्यस्तै यसमा नायिका प्रियंका कार्की र नायिका शृष्टि श्रेष्ठ जोडीको रुपमा देखिनेछन् । यस टिजरमा भने प्रियंका र शृष्टिलाई रोमान्टिक मुडमा देखाइएको छ । यो सिरिज साउन ३१ गतेबाट युट्युवमा रिलिज हुने बताइएको छ ।

 

 

प्रियंकाको जन्म नेपालको राजधानी सहर काठमाडौंमा भएको हो। उनका बुवा भुपेन्द्र कार्की हुन् भने आमा रक्षा मल्होत्रा हुन्। उनका एक भाइ प्रणित कार्की छन् जो अमेरिकाको न्यू योर्कमा बस्छन्। सन् २०१० मा उनले काठमाण्डौ मा रोचेक मणि संग विवाह गरिन्। तथापि, सन् २०१२ मा यो दम्पतीले विवाह विच्छेद गरे। लगभग दुई वर्षको भेटघाट पछी कार्कीको १४ जुलाई, २०१८ मा आयुष्मान जोशी संग बिबाह हुने पक्कापक्कि भएको थियो। उनीहरुको भनाइ अनुसार जुलाई, २०१९ मा लगन गाँठोमा बाँधिने भएका छन्।

 

सृष्टी श्रेष्ठ मिस नेपाल २०१२‎ घोषित सुन्दरी हुन् । बेलायतमा तीन वर्षदेखि मोडेलिङ गरिरहेकी सृष्टि श्रेष्ठले मिस नेपालको मुकुट पहिरिने हुन । ५ फिट ९ इन्च अग्ली आकर्षक सृष्टि अहिले म्युजिक भिडियो र फिल्महरुमा ब्यस्त छिन ।

भिडियोमा हेर्नुहोस् प्रियंका र शृष्टिको रोमान्टिक मुड: