काठमाडौं -नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेसियामा छिन् । अशोक शर्माको ‘रातो टीका निधारमा’ चलचित्रको सुटिङ सकेपछि उनी फुर्सदमा छिन् । नयाँ चलचित्रको सुटिङ सुरु हुनुअघि उनी इन्डोनेसिया पुगेकी हुन् । उनले इन्डोनेसियाको बुदुङस्थित जिमब्रान समुद्री किनारमा बिकनी लगाएर खिचेका केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । बिकनी तस्बिरमा उनी निकै सुन्दर देखिएकी छन् । उनले लेखेकी छन्, ‘समुद्री छालले मेरा पैतालामा हिट गरेर सिधै मेरो मुटुमा पु¥याउँछ ।’

 

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स चलचित्र बाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

ईन्डोनेसियाको समुन्द्री तटमा खिचेको उनको तस्बिरहरु :