काठमाडौँ- यतिबेला निर्माणका क्रममा रहेको फिल्म ‘मारुनी’ को चर्चा भइरहेको छ । चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी देख्न सकिनेछ । साम्राज्ञीका कारण पनि फिल्मको राम्रै चर्चा भइरहेको छ । साम्राज्ञीले ‘मारुनी’ को सेटबाट छायांकनका तस्वीर शेयर गरिरहेकी हुन्थिन् । नायिका राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का अभिनित फिल्म मारुनीको नया गित सार्वजनिक भएको छ । ‘सक्दिन म बाच्न’ बोलको भिडियोमा अभिनेत्री साम्राज्ञी र पुष्पले रोमान्स गरेका छन् । करिब एक बर्षपछि साम्राज्ञी ‘मारुनी’ चलचित्रमार्फत ठुलो पर्दामा देखिदैछिन् ।

 

 

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रका सह-निर्माता राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री हुन् । चलचित्र ‘मारुनी’ लाई नवल नेपालले निर्देशन गरेका छन् । सम्राज्ञी राज्यलक्ष्मी शाहले ड्रिम्स चलचित्र बाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

 

यता अभिनेता पुष्प खड्का भने फिल्मका बारेमा सामाजिक सञ्जालमा त्यति शेयर गरेका हुँदैनन् । तर, एक कुराकानीमा उनले यो फिल्मबाट आफूले निकै राम्रो प्रतिक्रिया पाएको र काम पनि आफूलाई चित्तबुझ्दो भएको बताएका थिए । हालै उनी अभिनित फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको थियो । तर, सो फिल्मबाट उनले खासै प्रतिक्रिया पाउन सकेनन् । उनले सो फिल्मबाट घाटा पनि नभएको बताएका थिए ।

 

चलचित्र ‘मारुनी’ बाट भने उनी आशावादी छन् । फिल्म निर्माण टिम उनको अभिनयको तारिफ गर्छ । यसअघि चलचित्र ‘मंगलम्’ मा अभिनय गरेर प्रशंसा पाएका पुष्पले फिल्म ‘दर्पण छाया २’ बाट भने खासै प्रतिक्रिया पाउन सकेका थिएनन् । म्युजिक भिडियोमा राम्रै जमेका पुष्प पछिल्लो समय राम्रै जमेका अभिनेतामा पर्छन् । फिल्ममा खासै जम्न नसकेका पुष्पले यो फिल्मबाट तारिफ पाउनेछन् भन्नेमा धेरैले आशा गरेका छन् । संजय लामाले खिचेको यस चलचित्रमा नायिका रेविका गुरुङ, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री, आयुष प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो !