बागलुङ, विद्युत सर्ट भई आगो लागि हुँदा बागलुङमा दुई घर जलेका छन । बागलुङको निसीखोलाका दुई घरमा घरमा आगो लागि हुँदा घरहरु पूर्णरुपमा क्षति भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर दुई बायखोलामा विद्युत सर्ट हुँदा स्थानीय डिलबहादुर परियार र तमबहादुर परियारको घरमा क्षति पुगेको हो ।

आगालागीबाट घरमा भएका सम्पुर्ण सामानहरु जलेका छन । घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुडा, नगद लगायत करिब १५ लाख वरावरको क्षति भएको छ, निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्माले बताउनुभयो ।

घर पूर्णरुपमा जलेर नष्ट भएपछि पीडित परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन । पीडित परिवारलाई राहत उपलब्ध गराइ वसोवासको व्यवस्थापन गर्ने तयारी गरेका छौ, गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।