पछिल्लो समय सामाजिक संजालले धेरैको उद्दार गरेको छ । यस्तै दुख, पिडाको मुद्दा  उठाउने कार्यक्रमहरुलाई साथ र सहयोग गरेर पैसाले नभएपनी शेयर गरेर सहयोगी ब्यक्तिसम्म पुर्‍याएका छन । यस्ता सहयोगी मनहरु प्रती सबैलाई धन्यबाद । यस्तै रमाईलो संगै दिनदुखिको सहारा बनेको ईन्द्रेणीले धेरैको उद्दार गरेको छ । ईन्द्रेणीले कार्यक्रम मार्फत यस्तै दुखपिडाको उठान गर्छ र स्वदेश तथा बिदेशमा रहेका सहयोगी नेपाली मनहरुले कार्यक्रम मार्फत नै सबन्धित ब्यक्तिसम्म पुग्ने गरि सहयोग रकम पठाउने गरेका छन । यस्तै आज उपस्थित भएका स्याङ्जाका राजेन्द्र कार्की एउटा यस्तै रोगले ग्रसित छन । उनको दुबै मृगौला फेल भएका छन । आज ईन्द्रेणीमा उनका श्रीमती, छोरा सहित सहयोगको आशा लिएर उपस्थित भएका छन ।

 

 

उनी एक टुरिष्ट गाईड पनि हुन । उमेरले करिब ५० बर्ष पुगेका उनले भने “मलाई बाच्ने कुनै रहर छैन भएको सम्पती सकियो अब उपचार अन्तिम चरणमा छ तैपनी हुन्छकी भन्ने आशाले मात्र यहाँ आएको हु ।” उनको उपचार अब अन्तिम चरणमा छ, उनले श्रीमती किड्नी लिन खिज्दौ रहेछन तर ब्लड ग्रुप अलग ए र ओ भएका कारण त्यसलाई मिलाएर अब अप्रेसन प्रक्रियामा छन ।

 

उनका १ छोरा र १ छोरी छन । छोरीले भर्खरै एसईई दिईन । छोरा कक्षा ८ मा पढ्छन । आज उनको छोरी भने उपस्थित छैनन । कलेजमा अन्तरबार्ता भएका कारण उपस्थित हुन नसकेको उनले बताए । समस्या भनिरहदा कसैले मन थाम्न सकेनन । श्रीमती र छोरा भक्कानिदै रोए । सबैको आँखा रसाए ।

हेर्नुहोस भिडियो ।