चर्चित नायिका केकि अधिकारी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् । उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेसमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन्। उनले हालै थिएटरमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी छिन्।

 

 

सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन्। अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन्।सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले ‘सम्पूर्ण’लाई ( ‘जुम्बा र योग आलोपालो गर्छु’) आफ्नो फिटनेस रहस्य बताएकी छिन्।

 

“छरितो ज्यानका लागि जिम”
थोरै मात्र हेलचेक्य्राइँ गर्‍यो भने त्यसको असर देखिहाल्ने खालको जीउ छ, मेरो। त्यसमाथि मेरो शरीरको तल्लो भाग तुलनात्मक रूपमा अलि मोटो छ। यिनै कुरालाई सन्तुलनमा ल्याउन जिम जाने गरेकी छु। सुटिङमा हाम्रो फिजिकल मुभमेन्ट धेरै हुन्छ। गीत, फाइट कति कुरामा शरीर छरितो बनाउनुपर्ने हुन्छ। शरीर फिट र फ्लेक्जिबल बनाउन पनि जिम जाने गरेकी छु।

 

“जुम्बा र योग आलोपालो”
जिम जान थालेको छ वर्षजति भयो। काठमाडौँ, महाराजगञ्जको ‘निरामय फिटनेस सेन्टर’मा सुरुदेखि अहिलेसम्म नियमित जाने गरेकी छु। त्यहाँ जिम मात्र होइन, जुम्बा र योग पनि गर्न पाइन्छ। मैले योग र जुम्बा आलोपालो गरी गर्ने गरेकी छु। हप्ताको तीन दिन जुम्बा गरेँ भने बाँकी तीन दिन योग गर्छु। सुटिङ छैन र बिहान अरू काम छैन भने जिममा कम्तीमा दुई घण्टा बिताउँछु।

 

जिम गइसकेपछि कार्डियो गरेसँग मेरो जिम सुरु हुन्छ। २० मिनेटदेखि आधा घण्टासम्म कार्डियो गर्छु। त्यसपछि १५–२० मिनेट वेट लिफ्टिङ गर्छु। केही बेर आराम गरेर जुम्बा वा योग जे गर्ने हो, त्यो गर्छु। जुम्बामा त बजेको गीतमा झ्याम–झ्याम नाचिन्छ। तर, योग गर्दा चाहिँ अनुलोम–विलोम र कपालभाँती गर्छु। सुटिङ परेको छ भने यही अभ्यास आधा घण्टामा सकाउँछु। तर, जिम जान चाहिँ छुटाउँदिनँ।] जेष्ठ खबरबाट ।

 

तस्बिरहरु: