हरेक मानिसको आ-आफ्नै दुख हुन्छ, पीडा, भोगाई आफ्नै हुन्छ । सबैलाई लाग्छ, सन्सारको सबभन्दा दुखी म नै हु । कति त साना साना दुख सहन नसकेर आत्महत्या समेत गर्दछन । कतिपय यति साहसी ब्यक्ती हुन्छन जसले साधारण मान्छेले सोच्न नसकिने दुखहरु भोगेर पनि जिन्दगीका पाईलाहरु अगाडि बढाईरहेका हुन्छन । कति दुखहरु यस्ता हुन्छन जुन भोग्न होईन सुन्न समेत चाहदैन तर कैलाली ढुङेबजारकी पार्बती सोनाहाले यस्तै दुख भोगेकी छिन । उनले भक्कनिदै सुनाईन आफ्ना दुखहरु, जिवनका कठिन भोगाईहरु ।

 

ढुङेबजारको सुकुम्बासी बस्ती भित्रै छ, पार्बती सोनाहाको घामपानी छेक्ने एउटा सानो झुपडी । धेरै गर्मी छ यहाँ तर बिजुली बत्तिको ब्यबस्था छैन, गर्मी भगाउने अरु उपाय छैन उनिसङ । उनकी २२ बर्शिय छोरी छिन दुर्गा सोनाहा । उनी जन्मजातनै मानसिक रुपमा असन्तुलित छिन । अरु दुई छोरा पनि छन १० र ११ बर्षका । श्रीमान् को मोटरसाइकलले ठक्कर दिएर ४ बर्ष अगाडि नै मृत्यु भयो । हाम्रो त बिजोग भयो, उनले रुदै भनिन ।

 

 

पार्बतिको पेटको अप्रेसन गरेको छ । ठुला कामहरु गर्न हुदैन उनले तर काम नगरी दुई छाक टार्न गार्हो छ । नजिकै रानी जमरा सिंचाइ आयोजना छ त्यही काम गर्छिन उनले । छोरीलाई यत्तिकै छाडेर हिड्यो भने भागेर कता जान्छिन पत्तो हुदैन । त्यसैले छोरिलाई साङ्लोमा बाधेर काममा जान्छिन । उनी फर्कदा दिशा र पिसाबमा मुछिएर बसेकी हुन्छिन छोरी ।

 

दुर्गाले आमालाई धेरै दुख दिईन । घर छाडेर टाढा टाढा भागिन । तर जस्तो सुकै छोराछोरी भएपनी आमाको माया काहा त्यसै मान्छर, खोजेर ल्याईन । छोरी हराउछे भन्ने डरले साङ्लामा बाधेर राखिन भलै बेलुका दिसापिसाब सोर्न नपरोस । दुर्गाले आमालाई धेरै दुख दिईन तर उनलाई उनले गरेको के काम गलत हो के सहि हो केही थाहा छैन । एकपटक साङ्लामा बाधेर राखेको छोरीलाई कुन नरपिसाचले बलात्कार गरेछ, उनले थाहै पाईनन ।

 

बलात्कार भएको केही पछि उनलाई शन्का लागेर हस्पिटल लगिन, त्यतिबेला छोरी ३ महिनाको गर्भवती भैसकेकी रहिछन । उनले धेरै ठाउमा हारगुहार गरेर बल्ल तल्ल उनले छोरीको गर्भ फालेर घर ल्याईन, अहिले उनको पाठेघर निकालेर फालिएको छ । उनको दैनिकी दुखले घेरीएको छ । उनी अन्तरबार्तामा बारम्बार भक्कानिदै सुनाईन । उनको जीवन यति कष्टकर बनेको छ । उमेरले परिपक्क छोरीको अबस्था यस्तो दयानिय छ, दुई छोराहरु साना छन, श्रीमान् बिते ।

हेर्नुहोस उनै पार्बती सोनाहा संगको कुराकानी :