तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

 

निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।

 

हिन्दु नारिहरुको महान चाड तिज हरितालिका अब आउन केहि महिना मात्र बाँकि छ । साउन महिना लागेलगतै महिला हरुको हातमा हरियो चुरा र मेहन्दी देखिन थालेको छ । तेती मात्र हैन गायक गायिका तीज गीतको भिडियो निर्माणमा लागेका छन्। प्रतेक बर्ष तिज आयो भने सबैले गायिका बिष्णु माझिको गितको पर्खाइमा हुन्छन । यो बर्षपनि बिष्णु माझिको तिज गितको भिडियो सार्वजानिक भईसकेको छ।

 

तर उक्त गीतले भने यो वर्ष दर्शकको तेती मन जित्न सकेन । बजारमा धेरै तिजका गीत सार्वजानिक भएका छन् तर उत्कृस्ट कुन हो र दर्शकको मन कसले जित्न सक्छ भन्ने हो। यो वर्ष गायिका सिन्धु मल्लको तिज गीत चिटिक्कै भाछुरे बोलको गितले भने पकै पनि दर्शकको मन जित्ने देखिन्छ । लामो समयदेखि म्युजिक भिडियो देखि चलचित्र क्षेत्रमा ख्याति प्राप्त चर्चित निर्देशक तथा कोरियोग्राफर शिब बिकले निर्देशन गरेको गायिका सिन्धु मल्लको तिज गीत आज मात्र बजारमा सार्वजनिक गरिएको छ ।

 

सुदाम थापाको संगीतलाई राज कुमार बगरले शब्द लेखेका हुन् । रामेश्वर कार्कीले सिनेमाटोग्राफी गरेको यो तिजको भिडियोलाई सक्क्षम सिंह थापालेनिर्मान गरेका हुन् । गीतलाई एटके एभरेस्ट माउण्ट फ्लिम्सले बाजारमा ल्याएको हो। गीतको भिडियोलाई निर्देशक शिब बिकले खै कसरि दर्शक माझ ल्याउछन ।

 

उनले जुन गीतको निर्देशन गरेपनि दर्शकले निकै रुचाउछन । सायद यो उनको क्षमता र अनुभवले होला भन्ने बुझिन्छ । रिलिज भयको १० मिनेटमै यो वर्षकै १ नम्बर गित भनेर दर्शकले माया गर्न थालेका छन् । गीतमा नायिका आँचल शर्माको कम्मर मर्केको देख्न सकिन्छ ।

भिडियो !