पछिल्लो समय सामाजिक संजालको बढ्दो प्रयोगले गर्दा लुकेर रहेका प्रतिभाहरु आउने क्रम जारी छ । अशोक दर्जी एकाएक भाइरल भएपछी गायक तथा संगीतकार टंक बुढाथोकीले अशोकलाइ साथ दिदा उनिहरु दुई जनाकै भाग्य चम्कियो । पछिल्लो समयमा बाल प्रतिभाले नेपाली बजारमा राम्रो स्थान पाउदै आएको छ । सानैमा अदभुत कला अनि प्रतिभा भगवानले दिएरै पठाएका बालक एकाएक आउने क्रम बढ्दो छ । अशोक दर्जीपछि यो भेल सुरु भएको हो ।

 

 

अहिले उनै समीर सुबेदिले अर्का एक प्रतिभावान बालकलाई लिएर आएका छन । मोरङका बालकमा अचम्मकै कला छ । उनले जस्तोसुकै गित पनि दुरुस्तै अनि यति मीठो तरिकाले गाउन सक्छन । कलिलो उमेरमा यति धेरै प्रतिभा भएका बालकले नारायण गोपाल उदितनारायण झा देखि प्रकाश सपुतको गलबन्दी सम्मका गित यति मीठो गाउछन भने लाहुरे देखि भिटेन सम्मका र्याप पनि उत्तिकै गाउन सक्ने कला छ उनमा । आखिर को हुन त यति धेरै प्रतिभा भएका बहु प्रतिभाशाली बालक ।

 

यश भन्दा अघि मनिष लिम्बू आए उनले पनि नेपाली बजार तताइरहेका छन । त्यसपछी अशोककै कथा ब्यथा अनि जिबनशैली भएका बिक्रम लावतीलाई कलाकार तथा सन्चारकर्मी समीर सुबेदि र शिशिर बुढाथोकीले सडकबाट उठाएर काठमाडौ सम्म पुर्याएर भाइरल गराए अहिले बिक्रमलाई समिरकै पहलमा पढाई सङ्सङै बाङो हातको उपचार अनि गित रेकर्ड गर्ने सम्मको कुरा अगाडी बढाइरहेका छन । ब्राईट नेपाल ।

भिडियो हेर्नुहोस ।