काठमाडौं – पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको ‘जाल्मै पार्छु’बोलको नयाँ गीत बजारमा आएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो । यस गीतमा उनीसँगै आशिष अविरलको स्वर रहेको छ । गीत अहिलेका पुस्तालाई लक्षित गरि डान्सिङ बिटको निकालेको संगीतकार तथा एरेञ्जरसमेत रहेका आशिषले जानकारी दिए । यस गीतमा एक नारायण भण्डारीको संगीत रहेको छ ।

 

 

गायिका स्मिता पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगाकी छोरी हुन् । त्यसैले पनि गीत रिलिज कार्यक्रम विशेष भएको थियो । कार्यक्रममा खानेपानी पानी मन्त्री बिना मगर, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, स्मिताकी आमा गंगा दाहालसँगै उनको परिवार कार्यक्रममा उपस्थित थियो । कार्यक्रममा गायिका स्मिता र नायिका आँचल शर्मा निकै नै आकर्षक देखिएका थिए ।

 

गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीलाई कास्ट गरिएको छ । गीतको भिडियोलाई प्रविन सिंहले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका छन् ।

हेर्नुहोस भिडियो !