काठमाडौं – चल्तीकी नायिका हुन् शिल्पा पोखरेल। छविराज प्रोडक्सन हाउसबाट निर्माण भएको चलचित्र लज्जाबाट डेब्यु गरेकी नायिका शिल्पा पोखरेलले १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन। धेरै म्युजिक भिडियोमा मोडलिङ गर्नेमध्येमा उनी पनि पर्छिन्। पूर्ण राईले गाएको हल्काहल्का बोलको म्युजिक भिडियोमा पहिलो पटक क्यामेरा फेस गरेकी उनले अञ्जु पन्त र स्वरूपराज आचार्यको तिमी कसको हुने होला, प्रमोद खरेलको छुट्टिएर तिमीसँग, अञ्जु पन्तकै तिम्रै यादमा भित्रभित्रलगायत लगभग दुई सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन ।

 

 

छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनको अहिले छविसँगै नै विवाह गर्न लागेको चर्चा छ। हुन त छवि र शिल्पाबीचको सम्बन्धको चर्चा सुरुदेखि नै भएको हो।

निर्माता छवि ओझालाइ सम्बन्धविच्छेद गर्ने पक्का गरेकी नायिका शिल्पा पोखरेलको यसै बेला जिवनमा मेल खाने नयाँ भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडेल नविन बूढाथोकीले नायिका पोखरेलको आँशु पुछ्दै गरेको मार्मिक दृश्यले सबैलाई रुवाउने किसिमबाट प्रस्तुत गरिएको छ।

 

सन्तोष जंग थापाको शब्द, आषिक राईको संगीत र अन्जु पन्तको स्वरमा सजिएको गीत ‘थाहा छैन्’ को म्युजिक भिडियोमा मोडेल नविन बुढाथोकी र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ। आषिक राईले निर्देशन गरेको भिडियोमा रामकृष्ण चौलागाइको क्यामेरा र विकाश धमलाको सम्पादन रहेको छ।

भिडियो ।