काठमाडौं–  युएईसँग टी-ट्वान्टी क्रीकेट खेल्नको लागि सन्दीप लामिछाने फर्किएका छन । माघ ११ देखि तीन एकदिवसीय र तीन टी–ट्वान्टी  खेलका लागि सन्दीप लामिछाने स्वदेश फर्किएका हुन । उनी बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलिरहेका छन । लामिछाने सोमबार बेलुकी काठमाडौं आइपुगेका हुन्। युएईसँगको सिरिजका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली यसअघि नै घोषणा गरिएको थियो।

अस्ट्रेलियाको बिग ब्यास लिगमा ४ खेल खेलि बंगलादेश गएका लामिछानले  बीपीएलका ६ खेल खेलका छन। मेलबर्न स्टार्सबाट चार खेल खेलेका लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएका थिए। 

नेपाली टोली युएईसँगको तीन एकदिवसिय र तीन टी–ट्वान्टी सिरिज खेल्न मंगलबार युएई प्रस्थान गर्दै छ।युएईसँग आफ्नो पहिलो एकदिवसिय खेल ११ गते, दोस्रो एकदिवसिय माग १२ मा, अन्तिम तथा तेस्रो एकदिवसिय खेल माग १४ मा खेल्नेछ। त्यसैगरी पहिलो टी–ट्वान्टी माघ १७ मा खेल्ने छ भने दोस्रो र तेस्रो टी–ट्वान्टी क्रमश माग १८ र माग २० मा खेल्ने छ।