ईन्द्रेणी लोक गीत पारखीको लागि लोकप्रिय कार्यक्रम हो । यहाँ लोक संगीतलाई माया गर्ने दर्शक र लोक संगीत क्षेत्रका चर्चित कलाकारहरुको जमघट भैरहने स्थान हो । नयाँ प्रतिभाहरुका लागि पनि यो कार्यक्रम आफुलाई चिनाउने माध्यम बनेको छ । ईन्द्रेणीका मुख्य संचालक, प्रस्तोता कृष्ण कंडेल हुन । यो कार्यक्रम काठमाडौमा टिभी स्टुडियो भित्र बसेर मात्र गीत गाउने कार्यक्रम होईन । देश, बिदेश, कुना, कन्दरा, छाङा, छहरा जताततै आफ्नो सम्पुर्ण टिम सहित पुग्ने गर्दछ । त्यसैले त ईन्द्रेणीको सात रङ जस्तै यसको पनि लोक गीत क्षेत्रमा अनेकौ रङ छ ।

 

 

ईन्द्रेणीको यश भागमा यति धेरै रमाईलो भयो कि दर्शकले भरपुर दोहोरीको मज्जा लिगे । आधा घण्टाको दोहोरी कति छिट्टै सक्कियो दर्शकले पत्तै पाएनन । धेरै दर्शकले अहिले सम्मकै रमाईलो भिडियो हेर्न पाएको प्रतिक्रिया पनि दिए । यस दोहोरीका मुख्य पात्रहरु थिए, बिजय बानिया र संगीना थापा । उनिहरुको दोहोरीले कतिले आफ्नो हासो रोक्न सकेनन । स्टुडियो भरी हासोको लहर फैलियो । बिजय चर्चित गायिका “जेरी” अर्थात बबिता बानियाका भाइ हुन ।

 

यसको मुख्य कार्यक्रम स्थलमा सधै रमाईलो मात्र हुदैन, कहिलेकाही आशुको थोपाले भरीने स्थान हो । पछिल्लो समय सामाजिक सन्जालबाट धेरै ब्यक्तिहरुले आ-आफ्नो प्लेटफर्मलाई आधार बनाएर धेरै दुखी पिडितको उद्दार गरेका छन । यस्तै यो कार्यक्रमले पनि धेरै दुखी, पिडितको उद्दार गरेको छ । आफ्नो न्यानो माया र सम्पुर्ण सहयोगी नेपाली मनहरुको साथ जुटाएको छ । आजको यश कार्यक्रममा पनि यस्तै भयो । अमेरिकामा बसेर पनि नेपाललाई माया गर्ने विभिन्न ब्यक्तिहरुले ईन्द्रेणी कार्यक्रम मार्फत वृद्ध आश्रम र पिडित दम्पतीलाई उपचारको लागि केही रकम सहयोग गरे । सम्पुर्ण सहयोगी मन र ईन्ड्रेणी टिमलाई धेरै धेरै धन्यबाद ।

हेरै आजको यो रमाईलो भिडियो ।