काठमाडौ -ईन्द्रेणीमा कार्यक्रम स्थलमा सधै रमाईलो मात्र हुदैन, कहिलेकाही आशुको थोपाले भरीने स्थान हो । पछिल्लो समय सामाजिक सन्जालबाट धेरै ब्यक्तिहरुले आ-आफ्नो प्लेटफर्मलाई आधार बनाएर धेरै दुखी पिडितको उद्दार गरेका छन । यस्तै यो कार्यक्रमले पनि धेरै दुखी, पिडितको उद्दार गरेको छ । आफ्नो न्यानो माया र सम्पुर्ण सहयोगी नेपाली मनहरुको साथ जुटाएको छ । आजको यस कार्यक्रममा पनि यस्तै भयो ।

 

 

अघिल्लो कार्यक्रममा अमेरिकामा बसेर पनि नेपाललाई माया गर्ने विभिन्न ब्यक्तिहरुले ईन्द्रेणी कार्यक्रम मार्फत वृद्ध आश्रम र पिडित दम्पतीलाई उपचारको लागि केही रकम सहयोग गरे । सम्पुर्ण सहयोगी मन र ईन्ड्रेणी टिमलाई धेरै धेरै धन्यबाद । आज यस्तै भएको छ, ईन्ड्रेणीमा । एक बालक आफ्नो रोगले ग्रसित बनेका छन । पढाइ राम्रो भएका उनले कक्षा ८ पढ्दापढ्दै छाडे । उनको दाइ पनि छन तर रोजगारीका लागि भारत गएका छन ।

यहि पिडाले आमा झनै मनोरोगी बनेकी छिन । उनले अर्को छोरालाई भारत नजान भने तर उनी आफ्नो भाइ र आमाको उपचार गराउछु, चिन्ता नलिनु कमाएर पठाउछु भन्दै गए । उनी १४ बर्षका भए, उनका दाइ मात्र १६ बर्षका भएका छन । उनको मृगौला फेल भएको छ । आमाको मृगौला मिल्ने भएपनी आमाकै यस्तो अबस्थाले मृगैला दिन मिलेन । बाबुको मृगौला नै दिन मिलेन । आमाले काम्दै सुनाईन आफ्ना पिडाहरु, सङै रोए उपस्थितहरु ।

भिडियोमा हेर्नुहोस एउटी आमाको आशुको बेदना ।