काठमाडौं – एक खुट्टाले नाँचेर पनि देश बिदेशमा चर्चित रोमा न्यौपाने बेला बेलामा म्युजिक भिडियो अभिनयमा पनि देखिने गरेकी छन् । यस्तैमा यी नै रोमा अभिनित तिज गीत ‘तीजमा बबाल मच्चाउछु’ सार्वजनिक भएको छ । गीतमा रोमाको अलवा दीपिका, सरु र गायिका सरिताको समेत नृत्य देख्न सकिन्छ ।

 

 

रोमा न्यौपाने नेपालकी एक चचिर्त कलाकार हुन् । ८ वर्षको उमेरमा बस दुर्घटनामा परि आफ्नो देब्रे खुट्टा गुमाएकी थिइन् । उनले आफुलाई एक खुट्टाको भरमा नाचेर सबैलाई आश्चर्य बनाउदै आएकी थिइन् । उनको प्रेम विवाह भएको थियो । उनकी पिता सत्य प्रकाश न्यौपाने र माता विन्दा न्यौपान हुन् । उनको एक छोरा पनि छन् । उनी एक खुट्टाले नाच्दै आएकी छिन् ।

 

सरिता प्रजापतीको स्वर रहेको गीतमा दिनेश कडेलको शब्द तथा अनिस श्रेष्ठको संगीत छ । सुरु पोखरेल र बिवेक मोक्तानको कोरियोग्राफी रहेको गीतको भिडियो सुान जंग केसीले निर्देशन गरेका हुन् ।

भिडियो ।