नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै छ । यो सङै नेपाली सङीत क्षेत्रमा पनि तीजको माहोल बढेको छ । जति दिन नजिकिदै छ त्यति तीजका गीतहरु सार्बजनिक भैरहेका छन । यस्तै क्रममा चर्चित गायिका देवी घर्ती मगरको तीज गीत “कलियुगकी पार्बती” सार्वजनिक भएको छ । निकै उत्कृष्ट बनेको गीतमा भिम कार्कीको लय तथा संगीत रहेको छ । गीतमा बिन्दाश ढकाल र मन्दिरा भण्डारीको अभिनय रहेको छ । यस्तै यश गीतलाई बिनोद सुन्दासले निर्देशन गरेका छन ।

 

 

नेपाली गीत संगीतले आफ्नो क्षेत्र फराकिलो पारिरहेको यो बेलामा भड्किला तीजको गीतले आजभोली हरेक विद्युतीय माध्यममा वर्चस्व जमाई राखेका छन् । यस्तो समयमा गीत संगीतका सर्जक र अझ सञ्चार माध्यमले विषेश ख्याल गर्नुपर्ने खाँचो परेको छ । किनभने आम जनता माझ एकै साथ जाने गलत सुचनाले गलत विकृती नभित्रियोस् । ‘घरै रमाईलो कि माईतै रमाईलो म छोरी बाबाकी र्धौले घर माईतै रमाईलो’ ‘सुनिया धुने पानी मैले पाईन बरिलै झरे मत दोभान’ जस्ता चेलिबेटीका मर्म स्पर्सी गीत तपाई हामिलाई आज भोलि सायदै याद होला र यस्ता गीत तीजमा बिरलै इलेक्ट्रोनिक सञ्चार माध्यममा आउने गरेको छ ।

 

विस्तारै यस्ता चेलिवेटिका सुख दुःख, सानै उमेरमा विवाह गरिदिदा के कस्ता समस्या आई पर्छन जस्ता मनोभावना र सन्देश समेटिएका तीजका गीत हराउँदै गएका छन् । यी गीतहरुले महिला तथा किशोरीहरुको मनोभावना तथा उनीहरुलाई आफ्नो स्वास्थ्यको बारेमा अरुलाई जानकारी दिनको लागि पनि उनीहरु आफ्ना अभिव्यक्तिलाई घरपरिवारमा प्रकट गर्न नसकेको अवस्थामा तीजको दिनलाई पर्खेर गीत मार्फत अभिव्यक्त गर्ने चलन थियो । विडम्बना त्यो चलन आजभोली छैन ।

भिडियो ।