पछिल्लो समय छत्र शाही र टीका सानुको एउटा गीत निकै भाईरल बन्यो । ईन्द्रेणी टिममा गाएको त्यो गीतले दर्शकको राम्रै मन जित्यो । त्यसपछी आज फेरि उनै जोडीको अर्को जोडदार गीत प्रस्तुत भएको छ । यसले फेरि दर्शकलाई भरपुर मनोरञ्जन दिईरहेको छ । लाइभ दोहोरी देखि लोक दोहोरी गायन क्षेत्रमा अहिलेको चर्चित र उदयमान नाम हो टिका सानु । जो दाङमा जन्मेर काठमाडौलाइ कर्मथलो बनाई एकाएक चर्चामा आएकी पनि थिईन । उनले एक कान दुई कान मैदान गर्दैे आफ“लाई यतिसम्म हिट बनाईन कि अहिले उनी जता मिडिया पनि त्यतै जान थालैका छन ।

 

 

ईन्द्रेणी लोक गीत पारखीको लागि लोकप्रिय कार्यक्रम हो । यहाँ लोक संगीतलाई माया गर्ने दर्शक र लोक संगीत क्षेत्रका चर्चित कलाकारहरुको जमघट भैरहने स्थान हो । नयाँ प्रतिभाहरुका लागि पनि यो कार्यक्रम आफुलाई चिनाउने माध्यम बनेको छ । ईन्द्रेणीका मुख्य संचालक, प्रस्तोता कृष्ण कंडेल हुन । यो कार्यक्रम काठमाडौमा टिभी स्टुडियो भित्र बसेर मात्र गीत गाउने कार्यक्रम होईन । देश, बिदेश, कुना, कन्दरा, छाङा, छहरा जताततै आफ्नो सम्पुर्ण टिम सहित पुग्ने गर्दछ । त्यसैले त ईन्द्रेणीको सात रङ जस्तै यसको पनि लोक गीत क्षेत्रमा अनेकौ रङ छ ।

हेरौ छत्र शाही र टीका सानुको दोहोरी गीत ।