पछिल्लो समय नेपाली साङितिक क्षेत्रमा दुई गीत हिट हिट भएपछी हेट भएका पात्रहरु हुन प्रकाश सपुत, शान्ति श्री र अञ्जली अधिकारी । यिनै पात्रहरु मध्ये आज शान्ति श्री र अन्जली एकसाथ देखिएका छ्न । उनिहरु गीतको छायांकनको क्रममा एकसाथ भेटिएका हुन । यस समयमा शान्ती श्री र अञ्जलीले एक अर्काको निकै खुलेर प्रशम्सा गरे । अहिले यो टीमलाई भ्याई नभ्याई छ । जता गएपनी उनिहरुकै डिमाण्ड बढेको छ । त्यसैले त आजभोली उनिहरुको गीत प्रशस्त मात्रामा सार्बजनिक हुन थालेका छन ।

 

 

शान्ती श्री परियार लाई यति बेला न चिन्नी सायद कमै होलान केहि दिन पहिले उनको आवजमा “बोल माया” टिमको गलबन्दी गीत सार्वजनिक भएको थियो उक्त गीत निकै नै चर्चामा पनि छ। यतीबेला गत बर्ष सहि टिमको सहकार्य मा तयार भएको “बोल माया” हिट भए पछि सो टिमले नयाँ गीत सार्वजनिक गरेको थियो । सार्वजनिक भएको ४ चार दिनमै ४० लाख भन्दा बढी दर्शक को नजरमा परि सकेको समेत छ गीत टिकटक, फेसबुक लगाएतका बिभिन्न सामाजिक संजालमा यति बेला निकै नेै भाइरल पनि बन्यो ।

 

यस्तै युट्युबमा भिडियो आएपछि तुरुन्तै ट्रेण्डिङमा पर्‍यो । धेरैले गीतमा आफ्नो कथाब्यथा पाए । सामाजिक सञ्जालमा गीत भाइरल भयो । अन्जलीलाई गीत सफल हुन्छ भन्ने थियो तर, यो स्तरको सफलता हात लाग्ला भन्ने अनुमान समेत थिएन । बोल माया बोल र गलबन्दीको गीतले पाएको सफलतासँगै अञ्जलीको करियरले पनि ठूलो फड्का र्मायो । दर्शकस्रोतमाझ सामान्य चिनिएकी उनी गीतसँगै सुपर हिट भइन् । उनलाई एकै दिनमा पाँचवटासम्म गीतको अफर आउन थाल्यो । मेला महोत्सव तथा विदेशमा हुने शोहरुमा उपस्थिति बाक्लिएको छ ।

हेरौ अन्जली र शान्ति श्री संगको मिठो कुराकानी !