सोमबार राति भएको इटालियन सिरी ए फुटबलमा युभेन्टसले चिभोलाई ३–०ले पराजित गरेको छ ।
लिग लिडरको रुपमा रहेको घरेलु टोली युभेन्टस खेलको पहिलो हाफमा २ गोल गरेको थियो । दोस्रो हाफमा थप एक गोल गर्दै ३–० गोलको जित निकाल्न सफल भएको हो ।

खेलको १३औं मिनेटमा डौग्लास कोष्टाले एक गोल गरे । ४५औं मिनेटमा इम्रे केनले अर्काे गोल गर्दा, खेलको ८४औं मिनेटमा युभेन्ट्सका तर्फबाट तेस्रो गोल ड्यानिइल रुगनीले गरे। चिभोले खेलको अन्तसम्म कुनै गोल गर्न सकेन ।

यो जितपछि शिर्ष स्थानमा रहेको युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । युभेन्टससँग हार व्यहोरेको चिभोले भने २० खेलको आठ अंक रहेको छ । दोस्रो स्थानमा रहेको नेपोलीले २० खेलबाट ४७ अंक बनाएको छ । यसअघि सिरी ए फुटबलमा युभेन्टसले चिभाेसँगका १३ खेल खेलेको छ । जस मध्ये १२ खेल जितेकाे छ । सेप्टेम्बर २०१५ मा १-१काे बराबरीमा ड्र भएकाे थियाे । यो बराबरी बाहेक चिभोले अहिलेसम्म युभेन्टसलाई जित्न सकेको छैन ।