नेपाली कलाकारमा यही समस्या देखिन थालेको छ । स्टार भैसकेपछि आउने घमण्ड र त्यो घमण्डको उन्मादले जथाभावी काम गर्ने र बोल्ने तरिकाले उनीहरु यति चाडो सकिएका छन् त्यो उदाहरण जती पनि छ । यसैले कलाकार बनिसकेपछि झनै यसमा ध्यान दिन जरुरी छ । कलाकारले समय चिन्न नसक्दा उनीहरुको स्टारडम ढिलो चाडो सकिन्छ । लामो समय चल्न गाह्रो पर्छ । हरेक शुक्रबार फिल्मको व्यापारसँगै कलाकारको करिअरको उतारचढाव हुन्छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमा अहिले यस्तै समस्या छ । उनी, आफ्नो व्यक्तिगत जीवनलाई अरुले चासो राख्न हुँदैन भन्ने सोच राख्छिन् ।

 

 

तर, कलाकार भैसकेपछि उनको क्रियाकलापमा दर्शक र संचारमाध्यमको चासो हुन्छ । साम्राज्ञीले कायरा फिल्म चल्नु अगाडि सार्वजनिक भएको ट्याटुको फोटोले उनको फिल्मलाई असर गर्यो । गाउँले भूमिका गर्दिन भन्दा उनका फ्यान घटे । अहिले इन्डोनेशिया पुगेर उनले प्रेमीसँग गरेको अन्तरंग तस्वीर सार्वजनिक हुँदा उनलाई हेर्ने दर्शकको दृष्टिकोण पुरै बदलिएको छ । झन्, उनले हात्ती चले बजार, कुकुर भुके हजार भनेर आलोचना गर्नेहरुलाई जवाफ दिएपछि दर्शक रुष्ट छन् ।

 

साम्राज्ञीलाई स्टार बनाएका दर्शक नै उनीसँग रुष्ट हुँदा यसको परिणाम राम्रो नआउन पनि सक्छ । उनले यो कुरा फिटिक्कै वुझेकी छैनन् । या, उनलाई वुझाउनेले यो कुरा भन्न सकेका छैनन् । साम्राज्ञी अहिलेकी स्टार हुन् । तर, यो शैलीले उनलाई समस्या पर्न सक्छ ।

अभिनेत्री प्रियंका कार्कीको पनि यस्तै हो । उनले जती चाडो उचाई बढाइन्, त्यती नै चाडो झर्यो । एक समय उनले म्युजिक भिडियो र फिल्महरुमा राज गरिन । समयले उनलाई पनि लामो समय साथ दिन सकेन ।

 

उनले दर्शकलाई त्यस्तो नमिठो बोलेकी छैनन तर यसमा दोष उनको काम गराइको छ । उनले फिल्मको रोजाई भन्दा पनि धेरै फिल्मको रोजाइमा हात हालिन् । समस्या फिल्म गराइमा मात्र थिएन । समस्या उनको व्यक्तिगत क्रियाकलापमा पनि थियो । प्रेममा परेपछि उनको दुनियाँलाई देखाएर भएको चुम्बन र मस्तीले उनलाई दर्शकले हलुका लिए । त्यस पछि कान्स फिल्म फेस्टिभलका कारण बिबादमा परिन । अहिले उनी फिल्ममा आइटम गरेर खुशी छिन् । दुई चर्चित नायिका पछिल्लो समयको पात्र मात्र हुन । यस्तो समस्या धेरै नायक/नायिकालाई परेको छ ।

समयले पर्खिदैन । समयलाई चिन्न सकिएन भने फिल्ममा जसरी आइएको हो, त्यसरी बाटो लाग्न समय लाग्दैन । नेपाल ईन्साईडरबाट ।