काठमाडौं -भेनीस पुगेकी सुहानालाई श्रावणमा रमाइलो गरेकी छन् । रातो र पलेहो गाउनमा सुहानालाई निकै सुन्दर रूपमा देखाएकी छन् । नायिका सुहाना थापाले ‘ए मेरो हजुर ३’बाट फिल्म क्षेत्रमा शानदार डेब्यु गरिन् । उनको अभिनयले धेरैको मन जित्यो । फिल्म हेर्दा उनको डेब्यु फिल्म जसतो पनि देखिएको थिएन् ।उनले पहिलो फिल्ममा दर्शकको राम्रो साथ र अभिनयबाट प्रशंसा पाइन् । ‘ए मेरो हजुर ३’ रामे व्यापार गर्न पनि सफल भयो । पहिलो फिल्म हिट भएसँगै सुहानाको काँधमा जिम्मेवारी बढेको छ । यो कुरा उनी स्वयम्ले पनि महसुस गरेकी छिन् । दोस्रो फिल्ममा दर्शकको भरोसा कायम राख्न चुनौति बनेको सुहाना बताउँछिन् ।फिल्म, ए मेरो हजुर ३ ले नायिका सुहाना थापालाई चर्चित बनायो । डेब्यु फिल्मवाट नै सफलता पाएकी सुहाना अहिले भेनिसमा मस्ती गरेकी छन् ।

 

 

फिल्मले दिएको सफलताको आनन्द लिन उनी भेनिस पुगेकी हुन् । सुहाना भन्दा पनि उनकी आमा, फिल्म निर्देशक झरना थापा आफ्नो छोरीले पाएको सफलता र उनको बढ्दो क्रेज देखेर झनै दङ छिन् । झरनाले आफ्नो छोरीको फोटो सामाजिक सन्जालमा खुबै सेयर गरेकी छन् । फिल्मको विदेश प्रदर्शन सकेर अहिले झरना र सुहाना मस्ती मुडमा घुमेका छन् । भेनीस पुगेकी सुहानालाई श्रावणमा रमाइलो गरेकी छन् । रातो र पलेहो गाउनमा सुहानालाई निकै सुन्दर रूपमा देखाएकी छन् ।

 

भेनिसमा सुहानाको तस्बिरहरु :