काठमाडौ -पछिल्लो समय चर्चामा रहेका आख्यान तथा गीतकार हरि कटुवालको शब्दमा सजिएको नाचौँ छमछम बोलको गीत सार्वजनिक भएको छ । सङ्गीतकार तथा गायक कमल अधिकारी र चर्चित गायिका मेलिना राईको सुमधुर स्वर स्वर रहेको उक्त गीतमा चर्चित नायक पल शाह र नायिका आचल शर्माको फिचरिङ रहेको छ । विक्रम चौहानले नृत्य निर्देशन गरेका छन् भने म्युजिक कम्पोजर कमल अधिकारीले गरेका छन् ।

 

 

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

पल शाह एक चर्चित नेपाली नायक हुन् । उनको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनायो । उनले १५० भन्दा बढी भिडीयो गरिसकेका छन् । उनले यस क्षेत्रमा नाई नभन्नू ल ४ बाट डेब्यु गरेका हुन । उनि यस क्षेत्रमा २०१२ देखी हालसम्म कार्यरत छन् ।

भिडियाे !