फुटबलर क्रिस्टियानो रोनाल्डोलाई २३ महिना जेल र २ करोड १६ लाख डलर जरिवाना सजाय

फुटबलर क्रिस्टियानो रोनाल्डोलाई २३ महिना जेल र २ करोड १६ लाख डलर जरिवाना सजाय

इ-परेवा

@Eparewa

२०७५ माघ ८ गते मङ्गलबार ०२:४८

काठमाडौं– विश्वविख्यात पोर्चुगिस स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कर छली गरेको अभियोगमा पक्राउ परेका छन । उनलाई स्पेनको एक अदालतले २३ महिना जेल सजाय सुनाएको छ । साथै २ करोड १६ लाख डलर जरिवाना समेत गरेको छ। रोनाल्डोले जरिवानाको...

काठमाडौं– विश्वविख्यात पोर्चुगिस स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कर छली गरेको अभियोगमा पक्राउ परेका छन । उनलाई स्पेनको एक अदालतले २३ महिना जेल सजाय सुनाएको छ । साथै २ करोड १६ लाख डलर जरिवाना समेत गरेको छ।

रोनाल्डोले जरिवानाको फैसला स्वीकार गरिसकेका छन्। तर स्पेनमा २ वर्षभन्दा कम समयावधिको सजाय भुक्तान गर्नुपर्दैन, जरिवाना तिरे पुग्ने हुनाले जेलमा भने बस्नु पर्दैन ।
मंगलवार प्रेमिका जर्जिना रोर्डिगोसँगै अदालतमा उपस्थित भएका थिए । रोनाल्डोले सञ्चारकर्मीसँग अदालतको फैसलाको स्वागत गर्दै हाँस्दै भनेका थिए, ‘सब ठिक छ।’ 

रोनाल्डो गत सिजन मात्र रियल म्याड्रीड बाट इटालियन क्लब युभेन्टसमा आबद्ध भएका हुन्।

प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार ०२:४८
प्रतिक्रिया दिनुहोस