काठमाडौं-नब गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरी लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । फूलचन्द्रमा एल्बममा रहेको उक्त गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचर गरिएको छ । शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।

 

 

अञ्जली अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् । बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’बद्रीले गीत गाउन सुरु गरे ।

 

अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यसपछी एसएलसी दिएर काठमाडौ छिरेकी उनले अहिले सम्म २०० भन्दा बढी म्युजिक भिडियो खेलिसकिन । बोल माया र गलबन्दीले उनलाई धेरै सामु चिनायो ।

भिडियो ।