अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। उनीहरु त्यस तर्फ जाँदै गर्दा कार भित्र खिचिएको भिडियो सार्वजनिक भएको हो । कारमा पाँच जना छन् । जसमा उनीहरु निकै खुसी मुडमा देखिन्छन् । कारमा रहेकी युवतीले भिडियो लिएकी छन् भने अन्य साथीहरु पनि निकै खुसी देखिएका छन् ।

 

अन्य दुई वटा कारमा रहेका १० जना खाना खाएर क्यानबेरामै बसेका थिए। तर, ५ जना भने राति नै स्नोई माउण्टेनतिर रमाइलो गर्न हिँडेका थिए । क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घाइते आश्विन कडेलले बताएका छन् । आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ।

 

 

दुर्घटनामा सख्त घाइते २ लाई हेलिकप्टरमार्फत लगेर उपचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको छ। मृ८तक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ। जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अल्पायुमै गुमाउनु परेकोमा स्याङ्जाबासी शोकमा डुबको छ।

 

उनीहरु विदा मनाउन हिडेका थिए । एउटा कारमा पाँच जना बसेका थिए । बिदा मनाउन अष्ट्रेलिय स्थित स्नोई माउण्टेन हिडेका उनीहरुलाई के थाहा एक छिनमा सोच्नै नसकेको घटना हुनेछ । कारमा बसेका उनीहरु अन्ताक्षरी खेल्दै हिडेका थिए । कारमा रहेकी युवतीले भिडियो खिचेकी छन् । फेसवुक लाइभमा उनीहरु निकै मस्ती मुडमा देखिन्छन् ।आज बेस क्याम्प जाँदैछौ भोली हामी त्यहाँवाट माउन्टेन जान्छौं उनीहरुले कारमा जानकारी दिएका छन् ।

 

तर केही बेरमै सो कार दुर्घटना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। कार दुर्घटना हुनुपूर्व उनीहरुले खिचेको भिडियो समेत सार्वजनिक भएको छ ।तीन वटा कारमा १५ जनाको समुह विदा मनाउन हिडेका थिए । तीन मध्य एउटा कार दुर्घटनामा परेको हो । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको हो।

भिडियो ।