सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लभ डायरिज सिनेमाको ‘सुन्यौ कि सुनेनौ’ बोलको रोमान्टिक गीत रिलिज गरिएको छ । ‘लभ डायरीज’को सिनेमाको पहिलो गीत सार्वजनिक भएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । गीतमा सिनेमाका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई देख्न सकिन्छ।

 

सिनेमाको कथा मधु बास्तोलाले लेखेका हुन् भने पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । सिनेमा असोज ३ गते रिलिज हुनेछ । मनाङका यसअघि नेपाली सिनेमामा नअटाएका नयाँ स्थलमा खिचिएको यस भिडियोलाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका हुन् । सौरभ चौधरी सिनेमाका निर्देशक हुन्। सिनेमामा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

असोज ३ गतेको डेटलाई यो बर्ष निर्माताले विशेष रुपमा हेरेको देखिएको छ । दशैंको छेकोमा चलचित्र रिलिज गर्दा दशैसम्म दर्शक हलमा आउँछन् र दशैंको बिदासम्म चलचित्र चल्ने भएको सोचका साथ निर्माताले धमाधम चलचित्रको रिलिज तय गरेका छन् ।असोज ३ लाई प्रदर्शन मिति सुरुमा चलचित्र ‘लभ डायरिज’को निर्माण टिमले तोकेको हो । सुशिल श्रेष्ठ, रुबिना थापाको मुख्य भूमिका रहेको यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । लभ स्टोरी जनराको यो चलचित्रमा नायक श्रेष्ठ विदेशमा बसेर विग्रिएको एक यूवाको भूमिकामा छन् ।

 

निर्माण भएको केही बर्ष वितिसक्दा पनि यो चलचित्रको निर्माण टिमले प्रदर्शन मिति तय गर्न सकेको थिएन ।यो मितिमा हरि हुमागाँइको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सरौतो’ले पनि प्रदर्शन मिति तय गरेको छ । एक्सन थ्रिलर कथामा निर्माण भएको यो चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रमा दर्शकले सुमीलाई एक्सन अवतारमा देख्न पाउनेछन् । असोज ३ लाई यो चलचित्रले केही दिन अगाडि मात्र प्रदर्शन मिति तय गरेको थियो ।

 

यस्तै, यही मितिमा नै अर्को चलचित्र ‘घामद शेरे’ पनि आउने चर्चा छ । हेमराज वीसीको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको टिम छायांकन सकेर केही दिन अगाडि मात्र काठमाणडै फर्किएको थियो । चलचित्रको बिषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । यसरी, असोज ३ लाई एकपछि अर्को चलचित्रका निर्माताले प्रदर्शन मिति तय गरेका छन् । यसले, तिनै निर्मातालाई समस्यामा पार्ने देखिएको छ ।

 

भिडियो ।