चलचित्र ‘हजार जुनी सम्म’को ट्रेलर आज सार्वजनिक भएको छ । चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । कार्यक्रममा निर्देशक विकासराज आचार्य र नायिका प्रियंका कार्की अनुपस्थित थिए । चलचित्रमा विकासराज आचार्य र सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, विशाल चाम्लिङको कथा छ ।

 

चलचित्रका मुख्य कलाकारको उपस्थितीमा प्रेम र पारिवारिक कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज भएको हो । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा बाबु–छोरीको प्रेम, प्रेमी–प्रेमिकाको प्रेम देखाइएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल, अखिलेष प्रधान, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतलाई स्थान दिइएको छ ।

 

 

चलचित्रको ट्रेलरमा मुख्य नायिका प्रियंका कार्की भने अटाएकी छैनन् । चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । चलचित्रको ट्रेलरको बिषयमा लेखक सामिप्यारज तिमिल्सिनाले भने–‘यो विशुद्ध पारिवारिक चलचित्र हो । यसलाई नाई नभन्नु ल ६ भनेपनि हुन्छ ।’ चलचित्रका मुख्य नायक आर्यन सिग्देलले चलचित्रमा काम गर्दा रमाइलो भएको भन्दै दर्शकलाई चलचित्रले भावनामा लैजाने बताए । नायिका स्वस्तिमा खड्काले चलचित्रको कथावस्तु पारिवारिक रहेको भन्दै यो चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

 

ट्रेलर हेर्दा फिल्ममा लामो समयबाट छुटिएको मायाको खोजी रहेको अनुमान गर्न सकिन्छ । विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्म आउँदो साउन ३० मा रिलिज हुँदैछ । फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज दिनेछन् । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ ।

 

नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

भिडियो ।