काठमान्डौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन । उनी भाइरल ज्वरोका कारण अस्वस्थ भएको जनाईएको छ । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न,भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन र आराम गर्न सल्लाह दिएका छन् । त्यसैले उनि घरमा नै आराम गरेर बसेका छन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा करिब सबैजना एकैचोटी विरामि परेका छन् । छोरी गंगा दाहालकी दुवै छोरीहरु ललितपुरको मेडसिटी भर्ना भएको लगत्तै पत्नि सिता दाहाल पनि सुमेरु अस्पाल भर्ना गरिएको थियो । सोमबार विहानै बुहारी तथा खानेपानि मन्त्री बिना मगर पनि सुमेरु अस्पतालमै भर्ना भएकी छिन् । प्रचण्डको पारिवारिक स्रोतका अनुसार सिता, नातिनिहरु स्मिता र स्मिताकी बहिनि तथा मगरलाई उस्तै प्रकृतिको स्वास्थ्य समस्या देखिएको छ ।
सबैलाई ज्वरो आउने तथा रुघाखोकीको समस्या छ । उपचारमा संलग्न डाक्टरका अनुसार यो मौसमी भाईरल हो