गीतकार अम्बिका गुरुङको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको छ । गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।

 

 

एलिशा राई एक नेपाली चलचित्र अभिनेत्री तथा मोडल हुन् । नेपाली चलचित्र लुट २मा उनको नृत्य प्रस्तुतिका कारण उनी चर्चित भएकी हुन् । नेपाली चलचित्र उद्योगमा आउनु अगावै उनले राई भाषाको चलचित्र बिनायोमा अभिनय गरेकी थिइन् । चलचित्र वाहेक उनी म्युजिक भिडियोमा समेत देखा परेकी छिन् । उनले धेरै सा-साना चलचित्रहरू खेलेकि छिन् ।

 

करिब ५० भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी एलिसा राई चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीतबाट थप चर्चामा आएकि थिइन्। यो गीतमा आइटम नृत्य गरेपछि एलिसा दर्शक, चलचित्रकर्मी र मिडियाको नजरमा परेकी थिइन्। यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतका गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ ।

गीतको भिडियो हेर्नुस् :