काठमाडौं–०४ भाद्र – नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना गर्ने भएको छ । जमलस्थित नेपाल चेम्बर भवनमा भदौ ६ र ७ गते आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म÷कम्पनी, संघ–संस्थाहरूको स्टल राखिने छ । उक्त मेला ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

महिला उद्यमी व्यवसायीहरूद्वारा उत्पादित सिर्जनात्मक उत्पादन र सेवा प्रदर्शन गर्ने अवसरका रुपमा गत वर्ष देखि मेला आयोजना गरिँदै आएको हो ।मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्न नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी गराईन ।

 

 

नेपाली वस्तु प्रयोगको लागि अभियानको रुपमा तीज व्यापार मेला गर्न लागिएको हुँदा नेपाली वस्तुको प्रयोग र प्रबद्र्धनका लागि मेला केन्द्रीत रहेको महिला चेम्बरले जनाएको छ ।मेलाको उदघाटन सत्रमा पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश प्रमुख अनुराधा कोइराला, निर्माता, निर्देशक एंव लोक प्रिय कलाकार दिपाश्री निरौंला लगाएको उपस्थित हुने बताइएको छ ।