पछिल्लो समय नेपाल लोक गीत संगीतको क्षेत्रमा गीत, संगीत, गायक, गायिका तथा कलाकारहरु निकै सफल हुन थालेका छन । केही समय लोकगीत नै हरायर जानेको होकि भन्न्ने अवस्थामा पछिल्लो समयमा त्यसले फड्को मार्न सफल भएको छ । दर्शकले लोकगीतलाई निकै रुचाउन थालेका छन । त्यसैले दिनानुदिन भिडियो प्लेटफर्म युट्युव मार्फत गीतहरु सार्बजनिक हुन थालेका छन । कतिपय लोकगीतले रेकर्ड समेत राखेका छन । यस्तै एउटा फरकपन समेटिएको लोकगीत “भिर्ने झोलामा” सार्बजनिक भएको छ ।

 

तिर्सना म्युजिकको युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा कृष्ण अखेली र सरस्वती लामिछानेको सुमधुर स्वर रहेको छ । शिव अखेलीको लय रहेको यस गीतमा कृष्ण अखेलीको रहेको छ । अडियो, भिडियो उत्कृष्ट बनेको यस गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन । यस्तै गीतमा चर्चित मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको अभिनय रहेको छ । रक्षा नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिशृन्खला भद्रगोलकी कलाकार पनि हुन ।

हेर्नुहोस भिडियो !