चलचित्र ‘पण्डित बाजेको लौरी’ सार्वजनिक भएको छ । फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मका निर्देशक दीपक ओली हुन् । दिपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्रले एउटा सानो गाउँ भित्र पण्डित्याइको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथालाई उठान गरेको छ । बादी जातीको कथालाई चलचित्रले प्रस्तुत गरेको निर्देशक ओलीले बताए ।

 

 

चलचित्रमा बिजय बराल र सन्ध्या केसी ‘बादी र बदिनी’को भूमिकामा देखिएका छन् । बादीले जिवनयापन गर्नका लागि मादल बनाउँछन् भने बदिनीले आफ्नो शरीर बेच्ने गरेका छन् । उटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बन्न लागेको सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेटेको निर्देशकले जानकारी दिएका छन्।

 

महेश दवाडीको कथा/पटकथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहनेछ। तल्लो जान भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डितबिचको सम्बन्धलाई चलचित्रले प्रस्तुत गरेको निर्देशकको भनाई छ । अधृत फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।

 

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् । यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।

पूरा चलचित्र हेर्नुहोस !