कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ । साँच्चै भन्ने हो भने कम्प्युटर विद्युत्शक्तिबाट सञ्चालित मानवनिर्मित एक यन्त्र हो । यसले एक सेकेन्डमा दसैंकरोड निर्देशनहरु पालना गर्न सक्तछ ।यसले आफ्नो आन्तरिक भण्डारमा करोडौं अक्षर वा अङ्कहरु सञ्चयगर्न सक्तछ भने बाह्य भण्डारमा सयौ खर्ब अङक,अक्षरहरु,चित्रहरु, ग्राफहरु, चलचित्रहरु तथा आवाजहरु भण्डार गर्ने क्षमता राख्दछ । यी सम्पुर्ण आँकडाहरुलाई पढन, छानबिन गर्न, सूचनाको रुपमा तालिका तयार गर्न र आवश्यकताअनुसार केहि सेकेन्डभित्रै पूरा गर्न पनि सक्तछ ।

एउटा कम्प्यूटरले अर्को कम्प्यूटरसँग कुराकानी गर्ने र आफु व्यस्त भएको समयमा आफ्नो काम अरुलाई वितरण गर्नुका साथै अरुसँग मिलेर कार्य गर्न समेत सक्तछ ।हजारौ किलोमिटर टाढा रहेको कम्प्यूटरसँग आकाशमा स्थापित सेटलाईटको माध्यमबाट कुराकानि गरी त्यसले कार्य पुरा गर्न सक्तछ । मानिसले गर्न नसक्ने जोखिमपुण कार्यहरु गर्ने वाक्क लाग्ने झन्झटिला कार्यहरु पुरा गर्ने र तर्कपुर्ण कार्यहरु गर्ने क्षमता भएको यन्त्र कम्प्यूटर हो ।कम्प्यूटरले आकाश, समुद्र तथा धरातलमा बसी चौबीसौ घण्टा कार्यमा एकचित्त भई मानिसलाई साथ दिने साधनको रुपमा सहयोग गर्न सत्तछ । आज जसरि टेलिफोन, टेलिभिजन, हवाइजहाज, मोटर, मोटरसाइक्ल, प्रिन्टिङ प्रेस तथा टाइपराइटरले जुनसुकै पेसामा लागेका व्याक्तीहरुलाई साधनको रुपमा कार्यगरि सहयोग पुर्‍याइदिन्छ ।

त्यसैगरी कम्प्यूटरले पनि मानवजातिलाई कुनचाहि काममा सहयोगगर्न सत्तैन भन्न गाह्रो भएको छ । त्यसैले आजकाल युरोपतिर
भन्ने कुरो प्रचलित छ ।अव यसको महिमा गएर साध्य छैन।यसकारणडाक्टर,इन्जिनियर,मेनेजर, डाइरेक्टर,प्रोफेसर, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी,गणितज्ञ,वैज्ञानिक, व्यापारी, उद्योगी, खेलाडि तथा अन्य जोसुकैलाई पनि कम्प्यूटर अत्यन्तै उपयोगि साधन कलमजस्तै हुन थालेको छ । त्यसकारण यसको महत्व जताततै बढ्न थालेको छ । अब हाम्रो मुलुकमा पनि एक उपयोगि साधनको रुपमा यसको प्रयोग हुन लागेको छ ।