धादिङ-खुकुरी प्रहार गरेर भतिजले काकीको हत्या गरेका छन् । नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको मंगलबार बिहान खुकुरी प्रहारबाट हत्या गरेका हुन् । वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरलाई नजिकै आलुबारीमा भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेका हुन् ।

भतिजोले सोमबार दिउँसो गाउँमा एकजना बोक्सी काट्ने योजना सुनाउँदै हिडेको र मंगलबार बिहान काकी नाता पर्ने मोनिकाको खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताउनुभयो ।

गाउँवासीले महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गएका थिए । गाउँलेहरु घटनास्थल पुग्दा आरोपित सुमन फरार भइसकेका थिए भने मोनिकाको स्वास नली काटिएर मृत्यु भइसकेको थियो ।

न्युज २४